दार्चुलामा भिरबाट खसेको ढुङ्गाले लागेर एक महिलाको ज्यान गयो

दार्चुला | असोज २९, २०८०

दार्चुलामा भिरबाट खसेको ढुङ्गाले लागेर एक महिलाको ज्यान गयो सांकेतिक तस्बिर

दार्चुला: दार्चुलामा भिरबाट खसेको ढुङ्गाले लागेर एक महिलाको ज्यान गएको छ ।

 

दार्चुलाको दुहुँ गाउँपालिका–१ बाच्पालीकी जयमती महरको ढुङ्गाले लागेर आइतवार हिजो ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

 

हिजो दिउँसो घाँस काट्ने क्रममा भिर माथिबाट खसेको ढुङ्गा जयमतीको टाउको लागेर गम्भीर घाइते हुनुभएको थियो । 

 

घाइते जयमतीको जिल्ला अस्पताल दार्चुलामा उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनु भएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ । 

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

थप पढ्नुहोस्