बझाङमा फेरि भूकम्प
बझाङ | कात्तिक २, २०८०
बझाङ केन्द्र विन्दु बनाएर भूकम्प गएको छ । गएराति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु बनाएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको थियो ।
गएको असोज १६ गते पछि बझाङमा ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प पछि लगातारजसो साना र मध्यम भूकम्प र परकम्प गइरहेको छ । लगातारको भूकम्प र परकम्पले सुदूरपश्चिम प्रदेशका बासिन्दा त्रसित बनेका छन् । १६ गतेको भूकम्प पछि बझाङमा ५ सय भन्दा धेरै परकम्प गइसकेका छन् ।
नेपाल भूकम्पको उच्च जोखिमयुक्त क्षेत्र रहेकाले जुनसुकै बेला पनि ठूलो भूकम्पको जोखिमा छ । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्रमा सा–साना भूकम्प गइरहेका छन् ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

