डोजरको ठक्करबाट वृद्धको मृत्यु
गुल्मी | कात्तिक २, २०८०
सांकेतिक तस्बिर
गुल्मीमा डोजरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका–१४ का ९२ वर्षीय कृष्णबहादुर सुनार छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार लु १ क ५०२४ नम्बरको डोजरले पैदल यात्रु सुनारलाई ठक्कर दिएको हो।
रेसुङ्गा–१४ टारनेटा‐टापु जोड्ने मोटरबाटो मर्मत गर्ने क्रममा डोजरको ठक्करबाट बुधबार सुनार सख्त घाइते भएका थिए। उनको घटनास्थलमै ज्यान गएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए। प्रहरीले डोजर चालक पाल्पाको माथागडी गाउँपालिका–७ का कृष्णबहादुर लामिछानेलाई नियन्त्रणमा लिएको छ।
सुनारको शव सदरमुकाम तम्घासस्थित अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

