ललितपुरबाट जुवा खेलेको आरोपमा ६ जना पक्राउ

काठमाडाैं | कात्तिक २, २०८०

ललितपुरबाट जुवा खेलेको आरोपमा ६ जना पक्राउ

ललितपुरमा जुवा खेलेको आरोपमा ६ जना पक्राउ परेका छन्। 

 

बुधबार राति ९ तिर महालक्ष्मी नगरपालिका वडा नम्बर ४ पवन प्रकृती​​​​ स्कुल नजिकै एक घरबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको हो। उनीहरूबाट प्रहरीले ९४ हजार ९७० रुपैयाँ बरामद गरेको प्रहरी वृत्त सातदोबाटोले जानकारी दिएको छ। 

 

घर भाडामा लिएर फेन्सी पसल संचालन गरिरहेका रेवती नेपालीले तास खेलाइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले ६ जनालाई पक्राउ गरेको हो। 

 

पक्राउ परेकाहरूलाई सातदोबाटोमा राखेर अनुसन्धान अघि बढाएको छ।

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्