पोखरा महानगरको कृषि अभियान: ‘बारीदेखि बजारसम्म, गोठदेखि ओठसम्म’
कास्की | असार ८, २०७९
पोखरा: पोखरा महानगरपालिकाले कृषिजन्य उत्पादित वस्तु तथा समाग्री संकलनका लागि कृषि एम्बुलेन्सको व्यवस्था गर्ने जनाएको छ ।
बुधबार पोखरा महानगरपालिकाको एघारौं नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषकले उत्पादन गरेको वस्तु तथा समाग्रीको बजारीकरणको लागि कृषि एम्बुलेन्स सेवा व्यवस्था गर्ने मेयर धनराज आचार्यले बताए ।
मेयर आचार्यले आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि उत्पादनको बजारीकरण, मूल्य श्रृंखला र भण्डारण सहयोगका लागि बारीदेखि बजारसम्मः गोठदेखि ओठसम्म अभियान सञ्चालन गर्ने उल्लेख गरे ।
महानगरले कृषि उपज संकलन केन्द्र, कृषि बजारमार्फत स्थानीय कृषि विक्री वितरण सुचिश्चित गर्ने र कृषि उपजको उचित मुल्य तथा बजार पहुुँचको लागि कृषि व्यवस्थापन प्रणाली सञ्चालन गर्ने बताए ।
महानगरले मुख्यमुख्य कृषि उपजको न्युनतम समर्थन मूल्य ग्यारेन्टी गरि कृषि उत्पादनमा लगानी गर्ने वातावरण सिर्जना गर्दै कृषि उपज संकलनका लागि कृषि एम्बुलेन्स व्यवस्था गरी निममित संकलनको व्यवस्था मिलाउने प्रस्ट पारे ।
यसैगरी महानगरले प्राकृतिक तथा अन्य कारणले बालीमा हुनसक्ने क्षति न्युनिकरणका लागि मौसम पूर्वानुमान सूचनाको व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
कृषकको प्रोत्साहानका लागि कृषि बीमामा जोड दिइएको छ भने जलवायु अनुकुलन खेती प्रविधिको प्रयोग तथा बालीमा हुने महामारीको पहिचान र नियन्त्रणमा सहयोग गर्ने समेत बताइएको छ ।
काठमाडौं: निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस्तार स्वतन्त्र र निष्पक्ष निर्वाचनक...
काठमाडौं: भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले अर्को तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानमा बोलाउने तयारी गरेको छ । यसबारे आयोगले आज प्रधानमन्त्री शुसीला कार्कीलाई जानकारी गराएको छ । ...
काठमाडौं: बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान प्रक्रिया सम्पन्न भएको छ । कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित हुँदा २२२७ मत खसेको छ । निर्वाचन आयोगक...

