गण्डकीमा ह्वात्तै बढ्यो ‘सवारी कर’ (कुन सवारीको कति?)
हरेक ६ महिनामा जाँचपास गर्नुपर्ने
कास्की | असार ८, २०७९
पोखरा: गण्डकी प्रदेश सरकारले सवारी साधनको करमा चरम वृद्धि गरेको छ । आगामी वर्षदेखि लागू हुनेगरी सवारी साधनको वर्गिकरण गर्दै सिसी अनुसार कर वृद्धि गरेको हो ।
दुइपांग्रे सवारीलाई यसअघि ४ तहमा विभाजन गरेपनि आगामी वर्षदेखि ६ तह (१२५, १२५–१५०, १५०–२२५, २२५–४००, ४००–६५० र ६५० सिसी भन्दा माथि क्षमता अनुसार वर्गिकरण गरि कर संकलन गरिनेछ ।
कुन सवारीको कति?
दुई पाङ्ग्रे सवारी तर्फ १२५ सिसी क्षमताका सवारीले ३ हजार कर तिर्नुपर्ने बताइएको छ र १२५ देखि १५० सम्म ५ हजार, त्यसैगरि २२५ सम्म ६ हजार ५ सय, ४ सय सिसीसम्म को मोटरसाइकलले ११ हजार, ६५० सिसीसम्मको साधनले २० हजार र त्यसमाथिका सवारीलाई ३० हजार कर तोकिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय गण्डकी प्रदेशले जनाएको छ ।
यसैगरि चार पाङ्ग्रे सवारी साधनमा १० हजार रुपैयाँले कर वृद्धि गरेको छ । १ हजार सिसीसम्म क्षमताका निजी सवारी साधन कार, जीप, भ्यान, माइक्रोबसले वार्षिक रुपमा २२ हजार बुझाउनु पर्नेछ ।
२५ सय देखि २९ सय सिसी क्षमताका सवारीले ४० हजार तिर्दै आएका छन् भने आगामी वर्षदेखि ५० हजार तिर्नुपर्ने बताइएको छ । भने ३५ सय सिसीसम्मका सवारीले आउँदो वर्ष ६५ हजार राजस्व तिर्नुपर्नेे छ ।
यसैगरि टिप्परले अब ४२ हजार कर तिर्नुपर्छ भने डोजर, एक्साभेटर, लोडर, क्रेन, मिनिटिप्परको कर ४० हजार नै यथावत राखिएको छ ।
कृषि क्षेत्रमा प्रयोग हुने ट्रयाक्टर, पावर टेलरलाई १ हजार ३ सय देखि ३ हजारसम्म कर बढाइएको बताइएको छ । ट्रयाक्टरको कर ४ हजारबाट ७ हजार पुग्दा पावरटेलरको ३ हजार २ सय बाट ४ हजार ५ सय पुगेको छ ।
यातायात व्यवस्था कार्यलय गण्डकीका अनुसार मिनिट्रक–मिनिबसको कर २७ हजार कायम गरिएको छ । भने ट्रक र बसले ३५ हजार तिर्नुपर्ने छ ।
हरेक ६ महिनामा सवारी जाँचपास
गण्डकी प्रदेश सरकारले आगामी वर्षदेखि अर्धवार्षिक रूपमा सवारीको जाँचपास गर्नुपर्ने प्रावधान अगाडी सारेको छ । निजि तथा सार्वजनिक सवारी साधनले जाँचपाससँगै नवीकरण समेत गर्नुपर्ने बताइएको छ ।
काठमाडौं: भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले अर्को तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानमा बोलाउने तयारी गरेको छ । यसबारे आयोगले आज प्रधानमन्त्री शुसीला कार्कीलाई जानकारी गराएको छ । ...
काठमाडौं: बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान प्रक्रिया सम्पन्न भएको छ । कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित हुँदा २२२७ मत खसेको छ । निर्वाचन आयोगक...
काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...

