नगरबस दुर्घटना फलोअप: तीन गम्भिर, चार जना सामान्य घाइते (नामावली सहित)
पाेखरा | कात्तिक १२, २०८०
पोखरा: पोखरामा नगरबस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । पोखराबाट पुम्दीभुम्दीस्थित शान्तिस्टुपा जाँदै गरेको नगरबस दुर्घटना हुँदा ७ जना घाइते भएका हुन् ।
पोखराबाट पुम्दीभुम्दी जाँदै गरेको ग १ ख ८५८५ नम्बरको बस घैयाखेतमा आज दुर्घटना भएको हो । बसमा ३५ जना सवार रहेको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
बस दुर्घटना हुँदा घाइते भएका सात जना मध्य उत्तम बहादुर गुरुङ, रिमा कार्की र बुद्धिराज सुवेदीको अवस्था गम्भिर रहेको ट्राफिक कार्यालय कास्कीले जनाएको छ । बसमा ३५ जना सवार रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बसमा सवार यात्रुको नामावलीसहित
अनिता थापा, बिनिता न्यौपाने, सीता शर्मा, उत्तम बहादुर गुरुङ, सुस्मिता तिवारी, बिशाल न्यौपाने, अजय त्रिपाठी, सुसान पौडेल, सीता शेर्पा, रेखा बस्नेत, समर बस्नेत, बिनिता पराजुली, मञ्जली सुनार, चन्द्रमा पौडेल, प्रभा पराजुली, तारा पराजुली, सुरक्षा रिमाल, चन्द्र प्रसाद पराजुली, गीता गुरुङ, राधिका थापा, सुरेश निरौला, इसु निरौला, रीमा कार्की, बुद्धिराज सुवेदी, रेवती कार्की, ग्रीस थापा, कल्पना सिग्देल, बिबेक शर्मा, रोशनी बस्नेत, सीता गुरुङ, सृष्टी गुरुङ, सुवाश गुरुङ रहेका छन् ।
व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ । प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ । मञ्चले आईतबार ए...
पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ । गण्डकी प्रद...

