टी-२० विश्वकप छनोट: ओमानको लगातार दोस्रो जित
काठमाडाैं | कात्तिक १४, २०८०
काठमाडौं: आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटमा ओमानले लगातार दोस्रो खेलमा जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ।
समूह ‘ए’ मा ओमानले कीर्तिपुर मैदानमा मंगलबार सिंगापुरमाथि २२ रनको जित निकाल्यो। यसअघि ओमानले सोमबार मलेसियालाई ३२ रनले पराजित गरेको थियो।
अब ओमानले बिहीबार आयोजक नेपालसँग खेल्नेछ। त्यसअघि नेपालले आज मलेसियासँग खेल्दैछ। नेपालले मलेसियालाई पराजित गरे ओमान र नेपाल समूह ‘ए’ बाट अन्तिम चारमा पुग्नेछन्। बिहीबार हुने नेपाल र ओमानबीच हुने खेलले समूह विजेताको टुंगो लगाउनेछ।
कीर्तिपुर मैदानमा मंगलबार पहिले ब्याटिङ गरेको ओमानले ६ विकेटको क्षतिमा १७४ रन जोड्यो। उसका लागि अकिब इल्यासले ६३ रन र प्रतिक अथाभालेले ४२ रन जोडे।
१७५ रनको लक्ष्य पछ्याएको सिंगापुरले २० ओभरमा ८ विकेटको क्षतिमा १५२ रन जोड्यो। उसका लागि सुरेन्द्रन चन्द्रमोहनले ४१ रन र मनप्रति सिंहले ३१ रन जोड्यो।
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

