टी-२० विश्वकप छनोट:  ओमानको लगातार दोस्रो जित

काठमाडाैं | कात्तिक १४, २०८०

टी-२० विश्वकप छनोट:  ओमानको लगातार दोस्रो जित

काठमाडौं:    आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटमा ओमानले लगातार दोस्रो खेलमा जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ। 


समूह ‘ए’ मा ओमानले कीर्तिपुर मैदानमा मंगलबार सिंगापुरमाथि २२ रनको जित निकाल्यो। यसअघि ओमानले सोमबार मलेसियालाई ३२ रनले पराजित गरेको थियो। 


अब ओमानले बिहीबार आयोजक नेपालसँग खेल्नेछ। त्यसअघि नेपालले आज मलेसियासँग खेल्दैछ। नेपालले मलेसियालाई पराजित गरे ओमान र नेपाल समूह ‘ए’ बाट अन्तिम चारमा पुग्नेछन्। बिहीबार हुने नेपाल र ओमानबीच हुने खेलले समूह विजेताको टुंगो लगाउनेछ। 


कीर्तिपुर मैदानमा मंगलबार पहिले ब्याटिङ गरेको ओमानले ६ विकेटको क्षतिमा १७४ रन जोड्यो। उसका लागि अकिब इल्यासले ६३ रन र प्रतिक अथाभालेले ४२ रन जोडे। 


१७५ रनको लक्ष्य पछ्याएको सिंगापुरले २० ओभरमा ८ विकेटको क्षतिमा १५२ रन जोड्यो। उसका लागि सुरेन्द्रन चन्द्रमोहनले ४१ रन र मनप्रति सिंहले ३१ रन जोड्यो। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्