पुष्पमेलामा सोचेजस्तो काराेबार नभएकाे व्यवसायीकाे गुनासाे

काठमाडाैं | कात्तिक १६, २०८०

पुष्पमेलामा सोचेजस्तो काराेबार नभएकाे व्यवसायीकाे गुनासाे

काठमाण्डौको भृकुटीमण्डप र ललितपुरको जावलाखेलमा भइरहेको पुष्प मेलामा कारोबार सोचेजस्तो नभएको व्यवसायीले बताएका छन् ।

 

भृकुटीमण्डपमा नर्सरी व्यवसायी सङ्घले र जावलाखेलमा फ्लोरिकल्चर एसोसिएशन नेपालले अस्ति मङ्गलवारदेखि मेला आयोजना गरेका हुन् ।

 

मेलामा अवलोकनकर्ताको भिड लागे पनि फूलको कारोबार सोचेजस्तो नभएको व्यवसायीले बताएका छन् । यसपालि काठमाण्डौ उपत्यकामा दुई ठाउँमा पुष्प मेला भएको हो ।

 

फ्लोरिकल्चर एसोसिएशन नेपालले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी नाम दिएको छ भने नर्सरी व्यवसायी सङ्घले तिहार फ्लोरा एक्सपो नाम दिएको छ ।

 

यसपालि दुईतिर प्रदर्शनी भएकाले पनि कारोबार सोचेजस्तो नभएको हुन सक्ने जावलाखेलमा प्रदर्शनी राखेका धनप्रसाद घिमिरेको भनाइ छ । 

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

थप पढ्नुहोस्