युएईले हङकङलाई दियो १७७ रनको बलियो लक्ष्य

काठमाडाैं | कात्तिक १६, २०८०

युएईले हङकङलाई दियो १७७ रनको बलियो लक्ष्य तस्बिर फाइल

काठमाडौं:    युएईले आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा हङकङलाई १ सय ७७ रनको बलियो लक्ष्य दिएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रन बनायो ।


युएईका बासिल हामिद २९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५१ रनमा आउट भए । कप्तान मोहम्मद वासिमले २४ बलमा ५ चौका र ३ छक्कासहित ४६ रन जोड्दै राम्रो सुरुवात दिलाएको थिए ।


एलिशान शराफु २४ बलमा २ चौका र २ छक्कासहित ३४ रनमा आउट भए । खालिद शाह ६, आसिफ खान ४ र वृत्य अरविन्द्य १९ रनमा आउट भए ।


हङकङका यासिम मुर्तजाले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । नस्रुल्लाह राना ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । एहसान खानले ४ ओभरमा ४१ रन खर्चेर १ विकेट लिए । हङकङ सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने हुन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्