महानगरद्वारा ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ मा सूचिकृत हुन आह्वान

काठमाडाैं | कात्तिक १९, २०८०

महानगरद्वारा ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ मा सूचिकृत हुन आह्वान

काठमाडौं महानगरपालिकाले ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ योजना अन्तर्गत सूचिकृत हुन इच्छुक स्रोत व्यक्ति वा विषय विज्ञहरुलाई आव्हान गरेको छ । 

 

महानगरको सामाजिक विकास विभागले आइतबार सूचना प्रकाशन गरेर आर्थिक वर्ष २०८०÷०८१ को स्वीकृत वार्षिक नीति कार्यक्रम तथा बजेटमा महानगरको गौरव योजनाको रुपमा रहेको सो योजनाले महानगरका बासिन्दालाई विभिन्न तालिम, सीपको माध्यमबाट क्षमता अभिवृद्धि गर्ने, विभिन्न पेशा, रोजगारमा आबद्ध बनाउने तथा आर्थिक रुपमा सशक्त बनाउन विविध सीप विकास कार्यक्रम सञ्चालन गर्ने उद्देश्य रहेको जनाएको छ ।

 

महानगरपालिकाको वेब साइटमा रहेको सूचनामा फाराम भरी एक हप्ताभित्र आवेदन पेश गर्न सम्बन्धित सामाग्री यसै सूचनासँग सार्वजनिक गरेको छ । महानगरपालिकाको स्थायी बासिन्दा, फोहोरमैला प्रभावित क्षेत्रका बासिन्दा, करदाता वा महानगरभित्र बसोबास गर्ने १८ वर्ष पुरा भइ ६० वर्ष ननाघेको नेपाली नागरिकले यसका लागि सूचीकृत हुन सक्ने सामाजिक विकास विभागले जनाएको छ । 

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्