इन्द्रेणी सहकारीको १६ औं साधारण सभा सम्पन्न
काठमाडाैं | कात्तिक १९, २०८०
पोखरा १७ छोरेपाटन क्षेत्रको पहिलो सहकारी इन्द्रेणी वचत तथा ऋण सहकारी संस्थाको १६ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
साधारण सभाका प्रमुख अतिथि कास्की वचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष भेषराज उपाध्यायले कार्यक्रमको उद्घाटन गर्दै सहकारीहरु निति नियम अनुसार चल्न नसक्दा समस्यामा पर्ने गरेको वताउँदै सहकारले तोकेका निति नियमलाई अक्षरस पालन गर्नु पर्ने वताए ।
सोअवसरमा गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण वास्तोला, छोरेपाटन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वद्रीनाथ पहारी, समाजसेवी झपिन्द्रराज रेग्मी, गुप्तेश्वर महादेव बहुमुखी क्याक्पसका अध्यक्ष श्रीराम सुवेदी, सल्लाहकारहरु देवराज आचार्य र सुभाष ढुंगाना र शेयर सदस्य सीता वराल लगाएतले शुभकामना मन्तव्य दिएका थिए ।
सोही अवसरमा सल्लाहकारहरु भेषराज उपाध्याय र रघुनाथ अधिकारी, लेखा समिति संयोजक प्रा.डा. टंकराज अधिकारी, संचालक समिति सदस्य नानीबाबु ढकाल, समाज कल्याण उपसमिति सदस्य देवीबहादुर थापालाई सम्मान गरियो ।उत्कृट कारोबारकर्ताहरु भीमबहादुर÷अमृता थापा, नेटबहादुर÷देवी गुरुङ, दुर्गादत्त÷भगवती पोखरेल, छायाँदत्त भट्टराई, हरिप्रसाद लम्साल, रोशनप्रसाद श्रेष्ठ, मोहन खड्का, चित्रबहादुर पौडेल क्षेत्री, रविला शर्मा र लक्ष्मी गोदारलाई सम्मान गरिएको थियो भने कर्मचारी केशव ढकाल, उत्कृष्ट अंक सहित स्नातकोत्तर, स्नातक र कक्षा १२ उतिर्ण शेयर सदस्यका छोराछोरीहरु कुशल पौडेल, प्रदिप पौडेल, अस्मिता पहारी, अन्जना पहारी, संजीव कुमार खत्री, स्मिता अधिकारी, आँचल सुनुवार, डा. विपिन कुमार क्षेत्री, प्रतिमा श्रेष्ठ, सुजन लम्साल र सुदर्शन वराललाई सम्मान गरिएको थियो ।
सहकारीका अध्यक्ष सागर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष विन्दु कार्कीले, सहकारीका सात सिद्धान्त वाचन शिक्षा उपसमिति संयोजक दिपकराज वरालले र संचालन सचिव डिल्लिराम शर्माले गरेका थिए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

