पोखरामा उधारो बल्छ ‘हाइमास्ट र स्मार्ट लाइट’

प्राधिकरण मालेपाटन भन्छ –३५ करोड ८२ लाख बक्यौता छ

पाेखरा | कात्तिक १९, २०८०

पोखरामा उधारो बल्छ ‘हाइमास्ट र स्मार्ट लाइट’

पोखरा:   पोखरा महानगरले उज्यालो अभियान अन्तरगत पोखरा बजार क्षेत्रमा २३ वटा हाइमास्ट र २ हजार ७ वटा सडकबत्ती (स्मार्ट लाइट) जडा गर्याे ।

 

मेयर धनराज आचार्य र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तामझामसहित विधिवत उद्घाटन गर्दै सञ्चालनमा ल्याए । त्यसयता अहिले रातको समयमा पोखरा झलमल्ल छ ।

 

नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र मालेपाटन शाखाको तथ्याङमा पोखरा क्षेत्रबाट ३५ करोड ८२ लाख रुपैयाँ महसुल बक्यौता छ ।

 

उज्यालो अभियान अन्तरगत जडित २३ हाइमास्ट र २ हजार ७ वटा स्मार्ट लाइटको ८ लाख ७७ हजार बक्यौता देखिएको छ भने पोखरा महानगरपालिका भित्र नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रको कार्यक्षेत्रभित्र जडान भएका कुल सडकबत्तीको ११ करोड ७० लाख बक्यौता देखिएको छ । 

 

 

नेपाल विद्युत प्राधिकरण मालेपाटन शाखाका अनुसार सो हाइमास्ट र सडक बत्तीका लागि पोखरामा ९० वटा मिटर जडान भएको छ । 

 

 

सोही मिटर अनुसार पोखरा महानगरको नाममा ८ लाख ७७ हजार महसुल बक्यौता रहेको नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र मालेपाटन शाखाका लेखा प्रमुख मनिराम पौडेलले बताए ।

 

‘गत र चालु आर्थिक वर्षमा पोखराको सडकमा जडान भएका सडक बत्तीको लागि ९० वटा मिटर जडान भएको छ, उनले भने, ‘८ लाख ७७ हजार पोखरा महानगरको नाममा बक्यौता देखिएको छ भने बाँकी रकम अर्थमन्त्रालयमा मार्फत उर्जा मन्त्रालयमा रकम मिलान हुन बाँकी छ ।’

उनले कोरोना भाइरसको समयमा सरकारले घोषणा गरेको विभिन्न उद्योग, व्यक्ति, व्यवसायीहरुकोसमेत ११ करोड ५७ लाख बक्यौता रहेको बताए । 

 

यस्तै कोभिडको समयमा सरकारले अनुदान दिएको महसुलको रकमपनि प्राधिकरणसँग मन्त्रालयले हिसाब मिलान गर्न बाँकी रहेको पौडेलले जानकारी दिए ।

 

तिरेनन् महसुल, काटिइयो लाइन

 

नेपाल विद्युत प्राधिकरणले ६० औँ दिनसम्म बक्यौता रकम तिर्न समयसिमा निर्धारण गरेको छ । जसमा ६१ औं दिनबाट जुन पनि लाइन काटिन सक्ने प्राधिकरणले जनाएको छ । 

 

यस्तै समयसिमा भित्र बक्यौता रकम नतिर्ने कास्की कारागार र गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास  तथा यातायात व्यवस्था मन्त्रालयको लाइन पोखरा मालेपाटन शाखाले लाइन काटेको छ । 
 

मालेपाटन शाखाका अनुसार कास्की कारागारमा प्राधिकरणका तीन वटा ग्राहक छन् । जसमा एक ग्राहकले १३ महिना र दुई ग्राहकको नाममा १० महिनाको बक्यौता बाँकी छ । लेखा प्रमुख पौडेलका अनुसार कास्की कारागारको

तीन ग्राहकको नाममा १९ लाख ८७ हजार ४ सय रुपैयाँ बक्यौता तिर्न बाँकी छ । कारागारमा बारम्बार बक्यौता तिर्न आग्रह गरिएपनि रकम नआएपछि लाइन काटेको प्राधिरणको भनाई छ । 

 

यस्तै गण्डकी प्रदेश भौतिक तथा पूर्वाधार विकास मन्त्रालयको २७ हजार ६४ रुपैयाँ ९६ पैसा बक्यौता रहेको मालेपाटन शाखाको तथ्याङ्कमा उल्लेख छ ।

 

कसको बक्यौता कति ?

 

नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र मालेपाटन शाखाका अनुसार सबैभन्दा बढी पोखराको हाइस्मार्ट र सडकबत्तीको बक्यौता छ । 

 

पोखरा महानगरपालिका भित्र नेपाल विद्युत प्राधिकरणको कार्यक्षेत्र भित्र जडित कुल सडक बत्तीको ११ करोड ७० लाख, व्यक्ति (ग्राहक)को नाममा ७ करोड १५ लाख र उद्योग, व्यवसायीहरुको नामममा १ करोड २० लाख रुपैयाँ बक्यौता उठ्न बाँकी छ । 

 

यस्तै अन्य बक्यौतामा ३ करोड १६ लाख गरेर कास्कीमा ३५ करोड ८२ लाख बक्यौता उठ्न बाँकी रहेको पोखरा वितरण केन्द्र मालेपाटनले जनाएको छ ।

 

कास्कीमा ९७ हजार ग्राहक रहेको मालेपाटन शाखाले जनाएको छ । 

 

नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र मालेपाटनले कात्तिक १९ गतेसम्म १ हजार २ सय ६२ जना ग्राहकको लाईन काटेर १ करोड ३४ लाख ४३ हजार ८ सय ५७ रुपैयाँ बक्यौता असुली गरेको जनाएको छ । 

***(सच्चाइएको)

पोखरा:     यसवर्षको वर्ष महिला खेलाडीको अवार्ड तेक्वान्दोकी खेलाडी सुस्मिता थापामगरले पाएकी छिन् ।  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदान गर्ने आठौं पोखरा स्पोर्ट्स अवार्ड अन्तर्गत ...

थप पढ्नुहोस्

पोखर:    यसवर्षको वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड गण्डकी भलिबलका प्रशिक्षक रमेश केशीले जितेका छन् ।  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदान गर्ने आठौं पोखरा स्पोर्ट्स अवार्ड अन्तर्गत भल...

थप पढ्नुहोस्

पोखरा:    यसवर्षको वर्ष उदीयमान महिला खेलाडीको अवार्ड व्याडमिन्टनकी दिलासा रानामगरले जितेकी छिन् ।  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदान गर्ने  आठौं पोखरा स्पोर्ट्स अवार्ड अन्तर्ग...

थप पढ्नुहोस्