भूकम्प प्रभावितका लागि ‘ट्रान्जिसनल होम’ बनाइदिने चौधरी ग्रुपको घोषणा
काठमाडाैं | कात्तिक २१, २०८०
चौधरी ग्रुपले भूकम्पबाट प्रभावित ५० परिवारका लागि ट्रान्जिसनल होम निर्माण गरिदिने भएको छ । चौधरी फाउन्डेसनले पहिलो चरणमा ‘ट्रान्जिसनल होम’ निर्माणको काम पश्चिम रूकुमको चौर जहारी नगरपालिकाबाट गर्ने भएको हो ।
मंगलबार चौधरी फाउन्डेसनका प्रतिनिधि र नगरपालिकाका मेयर पुष्प बादीबीच उक्त नगरभित्र भूकम्पले घर भत्किएका ५० परिवारका लागि यथासम्भव छिटो ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने सहमति भएको चौधरी ग्रुपका महाप्रवन्धक मधुसुदन पौड्यालले जानकारी दिए ।
यसअघि फाउन्डेसनले २०७२ सालको भूकम्पमा ३ हजार यस्ता घर बनाएको थियो । तत्कालको राहत व्यवस्थापनसँगसँगै भूकम्पले घरविहीन भएका परिवारका लागि ‘ट्रान्जिसनल होम’को अत्यन्तै खाँचो रहेको ग्रुपले उल्लेख गरेको छ ।
भत्किएका घर पुनर्निमाण गर्न समय लाग्ने र त्रिपालमुनिको बास कष्टकर हुने भएकाले जतिसक्यो चाँडो ‘ट्रान्जिसनल होम’ बनाएर घरविहीन भूकम्प प्रभावितहरूलाई ओतमुनि पुर्याउनु आवश्यक रहेको समेत ग्रुपको भनाइ छ । यो अवस्थालाई मध्यनजर गर्दै चौधरी फाउन्डेसनले भूकम्प प्रभावितहरूका लागि ‘ट्रान्जिसनल होम’ निर्माण गर्ने निर्णय लिएको बताएको छ ।
स्थानीय प्रशासन÷स्थानीय पालिकाहरूसँगको समन्वयमा ‘ट्रान्जिसनल होम’हरू निर्माण गरिने समूहको विज्ञप्तिमा उल्लेख छ । यस्ता ‘ट्रान्जिसनल होम’ निर्माणका लागि आवस्यक पर्ने वित्तीय सहयोग चौधरी फाउन्डेसनले गर्नेछ भने स्थानीय निकायले सेल्टर निर्माणका लागि आवस्यक पर्ने जमिन र स्थानीय तहमै उपलब्ध सामान एवम् श्रमको व्यवस्थापन गर्नेछन् ।
यस्तो सहकार्यले छोटो समयमा ‘ट्रान्जिसनल होम’हरू निर्माण गर्न सकिने र प्रभावितहरूले ओत पाउने विश्वास चौधरी फाउण्डेसनको छ ।
काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइको काम भइरहेक...
लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरुका लागि आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम आईतबार सम्पन्न गरेको छ । तालिमको शुभारम्भ गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले तालिममार्...
पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा मंगलबारदेखि प्रिक्वाटरफाइनलका खेल हुने भएको छ । बुद्धटोल युवा क्लबको आय...

