पोखरामा नविल बैंकको एटिएम तोडफोड गर्ने भारतीय नागरिक बबि प्रकाउ
पाेखरा | कात्तिक २२, २०८०

पोखरा: पोखरा महानगरपालिका ८ सभागृह अगाडि रहेको नविल बैँकको एटिएम तोडफोड गरेको अभियोगमा भारतीय नागरिक बबि ठाकुर प्रकाउ परेका छन् ।
सभागृह अगाडि रहेको नविल बैंकको एटिएम आज बिहान (मंगलबार)तोडफोड गरिरहेको अवस्थामा बैदाम प्रहरीले भारतको बिहार प्रदेश मोतीहारी जिल्ला फेनरा पंचायत घर भएका २० वर्षीय बबि ठाकुरलाई प्रकाउ गरेको हो ।
प्रकाउ परेका ठाकुरले पोखरा महानगरपालिका ९ नयाँबजारमा शैलुन पसल सञ्चालन गर्दै आएको अनुसन्धानमा खुलेको कास्की प्रहरीले जनाएको छ ।
प्रकाउ परेका ठाकुरको साथबाट प्रहरीले फलामको रड, पेचकस, कपाल काट्ने कैची १/१ थान र ढुङ्गा बरामद गरेको छ । ठाकुरलाई जिल्ला अदालत कास्कीबाट चोरी मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा: राधाकृष्ण सांस्कृतिक समूहको आयोजना एवम् राधाकृष्ण मन्दिर शान्ति आश्रमको सह आयोजनामा लामेआहालमा आज सम्पन्न १० औं श्रीकृष्ण जन्माष्टमी महोत्सव एवम् भजन चुड्का प्रतियोगितामा महेश्वर खनाल भजन समूह, शुक्लागण्...
पोखरा: नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा आयोजना हुने तीज महोत्सवलाई विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीले साथ दिने दिने भएक...
पोखरा: छाङ्गेली नेवा: खल समाजले पितृ उद्दार पर्व गाइजात्राको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार पोखरा न्युरोड स्थित मल्ल फर्निचर ल्याण्डको प्राङ्गणमा सम्पन्न रक्तदान कार्यक्रममा ६२ युनिट रगत संकलन ...