११ तस्बिरमा हेर्नुहोस्, आकाशबाट ‘अष्ट्रेलियन क्याम्प’
पाेखरा | कात्तिक २६, २०८०

पोखरा: पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई एक रात बिताउन सुखद् गन्तव्य मध्ये अष्ट्रेलियन क्याम्प (ठूलाखर्क) पनि पर्छ ।
कास्कीको काँडेबाट करिब साढे १ घण्टामा पैदल पुग्न सकिन्छ । क्याम्प जान अर्काे रुट पनि छ ।
जुन घट्टेखोलाबाट धम्पुस हुदैं माथि उक्लिनु पर्छ । यो रुट तुलनात्मक रुपमा उकालो र बढी समय लाग्छ । त्यसैले प्राय पर्यटक काँडे हुँदै जान्छन् र फर्कदा पोथाना धम्पुसको बाटो रोज्छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिकामा अष्ट्रेलियन क्याम्पमा अहिले आधा दर्जन बढी होटल सञ्चालनमा छन् ।
होटल व्यवस्थापन समितिले आन्तरिक पर्यटकका लागि प्रतिव्यक्ति १ हजार २ सय रुपैयाँ र बाह्य पर्यटकका लागि २ हजार २ सय रुपैयाँमा (खान र बस्न) प्याकेज निर्धारण गरेको छ ।
तस्बिरहरु:
पोखरा: पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा ललितपुर क्विन्सले लगातार तेस्रो जित दर्ता गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सोमबार भएको खेलमा लुम्बिनी ला...
पोखराः ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा सोमबार (भदौ २३) पोखरामा प्रहरीले चारजनामाथि गोली प्रहार गरेको छ । घाइतेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा...
काठमाडौं: काठमाडौं उपत्यकामा आज ‘जेनजी’को प्रदर्शनका क्रममा घाइते भई विभिन्न अस्पतालमा उपचाररत १४ प्रदर्शनकारीको मृत्यु भएको छ । यसैगरी, विभिन्न अस्पतालमा १०० जनाभन्दा बढी घाइते प्र...