पोखरामा १६ औं भाइटिका महोत्सव, ६८ विदेशीले लगाए टिका (तस्बिरहरु)

पाेखरा | कात्तिक २९, २०८०

पोखरामा १६ औं भाइटिका महोत्सव, ६८ विदेशीले लगाए टिका (तस्बिरहरु)

पोखरा:   होटल संघ पोखराले पोखरामा १६ औं भाइटिका महोत्सव मनाएको छ ।
 

दिदिभाइको सम्बन्धको महत्व प्रष्ट्याउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित भाइटिका महोत्सव मनाएको हो । 

 

संस्थाका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार १५ राष्ट्रका ६८ पर्यटकले भाइटिका ग्रहण गरेका थिए । 

 

उनले अमेरिका, अष्ट्रेलिया, चीन, हल्याण्ड, जर्मनी, फ्रान्स, स्पेन, बुलगेरिया, स्पेन, स्वीटजरल्याण्ड, बेलायत, ब्राजिल लगायत देशका नागरिकहरु महोत्सवमा टिका लगाएको जानकारी दिए ।

 

 

भाइटिका र ट्रेकिङ जाने समय एउटै सिजनमा हुने भएकाले यसपटक पर्यटकको सँख्या वृद्धि भएको सुवेदीले बताए  ।

 

उनका अनुसार ति पर्यटकहरुलाई रेन्वो चिल्ड्रन होमका बालिकाहरुले टिका लगाइदिएका थिए । 

 

पर्यटकलाई उनीहरुले नेपाली परम्परा अनुसार टिका लगाएर उपहार दिएका थिए भने पर्यटकले पनि बालिकाहरुलाई उपहार स्वरुप दक्षिणा दिएका थिए । 

 

हेर्नुहोस् तस्बिर:

 

 

 

 

 

 

 

 

काठमाडौं:    ज्यानसम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोबार कसूरसम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मोरङ लेटाङ नगरपालिका...

थप पढ्नुहोस्

काठमाडौं:     सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले डिजिटल रुपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको बताउनुभएको छ । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसका अ...

थप पढ्नुहोस्

काठमाडौं:    राष्ट्रपति रामचन्द्र पौडेलले १६औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभएको छ ।  ‘सक्षम कानुन व्यवसायी, मर्यादित बारस् न्यायपालिकाको पुनः संरचना लोकतन्त्...

थप पढ्नुहोस्