होलीमा रंगियो पोखरा (तस्बिरहरु)

पाेखरा | चैत ११, २०८०

होलीमा रंगियो पोखरा (तस्बिरहरु)

पोखरा:    फागु पूर्णिमा (होली) पर्व पोखरासहित पहाडी जिल्लामा रङ खेलेर मनाइएको छ । फागु पूर्णिमाको दिन सरकारले सार्वजनिक बिदा समेत दिएको छ । 


साथी र आफन्तबीच आपसमा रङ दलेर खुशियाली साटासाट समेत गरिएको छ ।

 

 फागु पूर्णिमाको अवसरमा पोखराको लेकसाइड, लेखनाथस्थित बेगनासताल क्षेत्रमा होली विशेष कार्यक्रम समेत आयोजना गरिएको छ । 


लेकसाइड, बेगनासताल लगायतका क्षेत्रमा आयोजना गरिएको होली विशेष कार्यक्रममा स्वदेशी मात्र होइन विदेशीहरु पनि उत्तिकै रमाए । 


सेतो टिसर्ट लगाएर आएका नेपाली र विदेशीहरुको ठूलो समूह रातो, निलो, हरियो, पहेँलोलगायत विभिन्न रङमा रंगिएको छ । लोला र पिचकारीबाट पानी छ्यापाछाप गरेर समेत रमाइलो गरेका छन् ।

 

तस्बिर: बिबि रोकामगर

​

 

 

 

 

 

 

 

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

थप पढ्नुहोस्