बर्दियामा सांघातिक हमालापछि घिमिरेकाे हत्या, ८ जना पक्राउ

बर्दिया | मंसिर २, २०८०

बर्दियामा सांघातिक हमालापछि घिमिरेकाे हत्या, ८ जना पक्राउ

बर्दिया:  बर्दिया गुलरिया नगरपालिका–६ गुलरिया बजार बस्ने २० वर्षीय बरूण घिमिरेलाई विभिन्न हातहतियार प्रयोग गरी कुटपिट गरी हत्या गरेको आरोपमा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

 

पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका–६ गुलरिया बजार बस्ने २३ वर्षीय सुलभ थापा, सोही नगरपालिका–६ ज्योति नगर बस्ने २४ वर्षीय धिरज ठाकुर, सोही नगरपालिका–६ कृण्णसार टोल बस्ने १८ वर्षीय किशोर, गुलरिया नगरपालिका–५ बंगलामुखिटोल बस्ने १९ वर्षीय दिपेश बुढामगर रहेका छन् ।

 

यस्तै सोही नगरपालिका–८ कोठिया बस्ने १९ वर्षीय सन्दिप थारू, सोही नगरपालिका–८ गंगानगरटोल बस्ने १९ वर्षीय दिनानाथ चौधरी, सोही नगरपालिका–४ गणेशचोक बस्ने १८ वर्षीय किशोर र ठाकुरबाबा नगरपालिका–३ बिदुरपुर बस्ने २३ वर्षीय तर्क भण्डारी रहेका छन् । 

 

गुलरिया नगरपालिका–५ सुहेलवामा उनीहरूले गत कात्तिक २७ गते राति विभिन्न हातहतियार प्रयोग गरी कुटपिट गर्दा गम्भीर घाइते भएका बरूणको उपचारको लागि बर्दिया अस्पतालबाट नेपालगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । 

 

प्रहरीले घटनामा प्रयोग भएको चक्कु, नोख लगायतका विभिन्न हातहतियारसमेत बरामद गरेको छ । 

 

घटनामा संलग्न हाल फरार अन्य ३ जनाको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको  जनाएको छ । 


 

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

थप पढ्नुहोस्