पैसा हुन्छ भन्दैमा वेश्यालय खोल्न सक्दैनौं: सञ्चारमन्त्री शर्मा

काठमाडाैं | मंसिर ५, २०८०

पैसा हुन्छ भन्दैमा वेश्यालय खोल्न सक्दैनौं: सञ्चारमन्त्री शर्मा तस्बिर फाइल

काठमाडौं:    सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टिकटक बन्द गरिएकोप्रति भनाई राख्ने क्रममा पैसा हुन्छ भन्दैमा वेश्यालय खोल्न नसकिने बताएकी छिन् । 


मिडियासँगको भिडिओ सम्वादमा मन्त्री शर्माले टिकटकमा अश्लीलता प्रदर्शन भएको, केटा–केटी खोज्ने काम भइरहेको बताउँदै ‘पैसा हुन्छ भन्दैमा वेश्यालय खोल्न नसकिने’ र सामाजिक सद्भाव जोगाउन पनि बन्द गर्नुपरेको उल्लेख गरेकी छिन् । 


‘जोडी खोजिदिने विवाह डटकमजस्ता अनलाइन छन्, तर कस्तो चाहियो ? कहाँ मिलाइदिउँ ? जस्ता कुरा भएका छन्’ शर्माले भनेकी छिन् ‘पूर्वीय सभ्यतामा निर्माण भएको हाम्रो समाजको सद्भाव बिथोल्न खोजेको पाइएको छ ।’


पारिवारिक संरचनाको सुरक्षा गर्ने पनि सरकारकै जिम्मा भएको बताउँदै उनले साइबर ब्यूरोमा टिकटकसम्बन्धित उजुरी बढ्दै गएको पाइएपछि सरकार सोच्न बाध्य भएको उल्लेख गरिन् । ‘टिकटक बन्द गर्दा नागरिकको अभिव्यक्ति स्वतन्त्रता हनन भयो ?’ भन्ने प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले विचार अभिव्यक्त गर्ने अरु पनि सामाजिक सञ्जाल रहेको र टिकटकले फाइदाभन्दा बेफाइदा बढी गरेको जनाइन् । 


‘राती १० बजेपछि टिकटक हेर्न सकिदैन, कुनै पनि वस्तु निर्माण हुँदा फाइदा÷बेफाइदा दुबै हुन्छ । तर टिकटकले बेफाइदा बढी ग¥यो’ शर्माले भनेकी छिन् । 


टिकटक सरकारले अनायासै फ्याट्ट निर्णय गरेर बन्द गरेजस्तो देखिए पनि त्यसो नभएको भन्दै उनले चार–पाँच महिनादेखि मन्त्री र गठबन्धनस्तरमा छलफल भइरहेको बताइन् । टिकटक किन बन्द गरियो ? भन्दा पनि बन्द गरेपछि ठिक वा बेठिक के भयो भन्नेमा बहस गर्नु उचित हुने शर्माको धारणा छ । 


‘अब टिकटक कहिले खुल्छ ?’ भन्ने प्रश्नमा मन्त्री शर्माले सबै स्वनियममा जाने स्थिति बन्ने र हाम्रो संस्कृतिअनुसार चल्ने अवस्थामा खोल्दा आपत्ति नहुने बताइन् । 


‘तर अहिले जसरी समाजमा विग्रह पैदा भइराख्यो, रातभर बालबालिका कुलतमा परेर भोलीका कर्णधार बिग्रने अवस्थामा पुग्नु ठिक भएन’ शर्माले भनिन् ‘उनीहरुलाई एडिक्सनबाट बचाउन पनि यो निर्णय भएको हो ।’


मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको निर्णयानुसार टिकटकमा प्रतिबन्त्र लगाइएको हो । सरकारको उक्त निर्णय बदर गर्न माग गर्दै सर्वाेच्च अदालतमा हालसम्म ११ वटा रिट परिसकेको छ । 

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्