अंग्रेजी नयाँवर्षको स्वागत गर्न पोखरामा २५ औं सडक महोत्सव

पाेखरा | मंसिर १०, २०८०

अंग्रेजी नयाँवर्षको स्वागत गर्न पोखरामा २५ औं सडक महोत्सव

पोखरा:    पोखराको लेकसाइडमा रेष्टुरेन्ट बार एशोसिएशन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्षको स्वागतार्थ आयोजना गर्दै आएको २५ औं पोखरा सडक महोत्सव आगामी पुस १२ देखि १६ गतेसम्म सञ्चालन गर्ने भएको छ । 
 

रेवानले अङ्ग्रेजी नयाँ वर्षको स्वागतार्थ हरेक वर्ष आयोजना गर्दै सडक महोत्सवलाई यस वर्ष रजत महोत्सवको आयोजना गर्ने तयारी थालिएको रेबानका प्रथम उपाध्यक्ष तथा महोत्सवका संयोजक विश्वराज पौडेलले बताए । 

 

उनका अनुसार २५ औं संस्करणको पोखरा सडक महोत्सव आगामी पुष १२ देखि १६ गतेसम्म सञ्चालन हुनेछ  ।

 

 

‘लेकसाइडलाई आन्तरिक तथा बाह्य पर्यटकलाई अङ्गेजी नयाँ वर्षको गन्तव्य स्थलको रुप प्रवद्र्धन गर्न पुस १२ देखि १६ गतेसम्म २५ औं संस्करणको पोखरा सडक महोत्सव आयोजना गर्दै छौं’, संयोजक पौडेलले भने, ‘पोखराको लेकसाइड क्षेत्रमा करिव ३ किलोमिटर क्षेत्रमा महोत्सव गर्दै छौं ।’

 

उनका अनुसार पोखरा सडक महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रीकालिन कन्सर्ट, बोट रेस, वेटर रेस, ठट अफ वार, भलिबल प्रतियोगिता, मःम ससेज खाने प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिएको छ । 

 

यस्तै महोत्सवको अवसरमा सचेतना मुलक सडक नाटक, पोखरा सेरोफेरोको स्थानीय उत्पादीत हस्तकला प्रदर्शन, चित्रकला, मुर्तिकला तथा कृषि , वनस्पती लगायतका कृषि उपजहरुलाई प्राथमिकता साथ प्रदर्शनीको व्यवस्था, पोखराको पर्यटन विकास, प्रवद्र्धन, अवसर तथा चुनौतीहरुको विषयमा केन्द्रिकृत गरी टक सो लगायतका कार्यक्रम आयोजना गरेको उनले बताए । 
 

 

रेष्टुरेन्ट बार एशोसिएशन (रेवान) पोखराले लेकसाइडको मात्र नभएर समग्र पोखराका पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने उद्धेश्यले २५ औं संस्करणको पोखरा सडक महोत्सव आयोजना गरेको बताइएको छ । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्