निकुञ्जको सुरक्षा व्यवस्था थप चुस्त बनाउन निर्देशन
चितवन | मंसिर ११, २०८०
तराई भू–परिधि क्षेत्रका राष्ट्रिय निकुञ्जको प्रभावकारी सुरक्षा व्यवस्थापन गर्नेबारे चितवनमा पाँच निकुञ्जको संयुक्त बैठक बसेको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आइतबार आयोजना गरेको बैठकमा पाँच निकुञ्जका कार्यालय, सुरक्षाकर्मी र सरोवारवालाको उपस्थिति थियो। कसरास्थित प्रकृति संरक्षण शिक्षालयमा आयोजित बैठकमा विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गानाले निकुञ्जको सुरक्षा व्यवस्था थप बलियो र प्रभावकारी बनाउन निकुञ्ज प्रशासन, सुरक्षाकर्मी र सरोकारवालालाई निर्देशन दिएका छन्।
सबै पक्षको सहयोग भएमा वन्यजन्तु तथा वन पैदावरको चोरी निकासी नियन्त्रण गर्न सहज हुने उनको भनाइ छ। कार्यक्रममा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका प्रमुख सहायक रथी सुन्दरकुमार पाण्डे, नेपाली सेना नम्बर २८ बाहिनीका सहायक रथी सानुकाजी थापा, ७ नम्बर बाहिनीका सहायक रथी लीलाबहादुर खनाल क्षेत्रीको समेत सहभागिता रहेको थियो।
उनीहरूले निकुञ्जको प्रभावकारी सुरक्षा व्यवस्थापनमा सबै सुरक्षा निकाय, स्थानीय समुदाय र सरोकारवालाबीच आपसमा समन्वय गर्नुपर्ने खाँचो बैठकमा औंल्याएका थिए।
पोखरा: नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले पोखराहुँदै बाग्लुङ, बुर्तिबाङ र ढोरपाटनसम्मका विभिन्न पर्यटकीय गन्तव्यलाई लक्षित गरी सञ्चालित तीन दिने पर्यटन प्रवद्र्धन कार्यक्रम सकिएको छ । ...
पोखरा: पोखरामा सम्पन्न आइटिएफ जे३० वर्ल्ड टेनिस टुर सर्किट २ मा सिभाली गुरूङले दोहोरो उपाधि रच्दै आफ्नो उमेर समुहमा इतिहास रचेकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा गत शनिबार पोखरामा स...
काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको उपाधि लुम्बिनी लायन्सले उचालेको छ । लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै उपाधि उचालेको हो । सुरुमा ब्...

