फिस्टेल एकेडेमीमा पुस पहिलो साता‘फिस्टेल स्पोर्टस् फेस्ट’
पाेखरा | मंसिर १५, २०८०
पोखरा: पोखरा महानगरपालिका–१७ स्थित फिस्टेल एकेडेमीले पुसको पहिलो साता विद्यालय स्तरीय‘फिस्टेल स्पोर्टस् फेस्ट’ गर्ने भएको छ ।
आईबी पिबाईपी प्रस्तावित विद्यालय फिस्टेल एकेडेमी माध्यमिक विद्यालयको २९ औं वार्षिकोत्सवको अवसरमा पुस ५देखि ७ गतेसम्म विद्यालय स्तरीय ‘फिस्टेल स्पोर्टस् फेस्ट २०८०’आयोजना गरेको संस्थापक चिनु रानाभाटले बताए ।
‘फिस्टेल एकेडेमीको २९ औं वार्षिकोत्सवको अवसरमा पुसको पहिलो साता फिस्टेल स्पोर्टस् फेस्ट २०८० आयोजना गर्दै छौं’, संस्थापक रानाभाटले भने, ‘फिस्टेल स्पोर्टस फेस्टमा सेभेन ए साइड छात्र फुटबल, छात्रा÷छात्र बास्केटबल र छात्रा÷छात्र लन टेनिस प्रतियोगिता गर्दै छौं ।’
उनका अनुसार विद्यालयस्तरीय छात्र सेभेन ए साइड प्रतियोगितामा प्रथम,द्धितिय,तृतीय र सान्त्वना हुनेले क्रमशः ७५÷३५÷२० र १० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विद्यालयस्तरीय छात्रा÷छात्र (फाइभ÷फाइभ) बास्केटबल प्रतियोतिगा प्रथम,द्धितिय र तृतीय हुनेले क्रमशः ७५÷३५ र २० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
फिस्टेल स्पोर्टस फेस्टमा छात्रा÷छात्र (यू–१६, यू–१२ र यू–९) वर्षको विद्यालय स्तरीय लन टेनिस प्रतियोगितामा प्रथम÷द्धितिय र तृतीय हुनेले क्रमशः १५÷१० र ५ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । फिस्टेल स्पोर्टस फेस्टमा आयोजित बास्केटबल र फुटबलमा सहभागी हुन प्रति समूह ५ हजार र लनटेनिसतर्फ एक खेलाडीलाई १ हजार ५ रुपैयाँ शुल्क निर्धारण गरेको छ ।
तीनदिनसम्म सञ्चालन हुने फिस्टेल स्पोर्टस् फेस्टमा करिव ११ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरेको विद्यालयले जनाएको छ ।
काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...
पोखरा: दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् । रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...
काठमाडौं: विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ । अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका ला...

