१९ औं लेखनाथ महोत्सवको तयारी तीव्र, ७० प्रतिशत स्टल बुकिङ
पाेखरा | मंसिर १५, २०८०
तस्बिर फाइल
पोखरा: लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ५ गते देखि १६ गते सम्म आयोजना गरेको १९ औ संस्करणको लेखनाथ महोत्सवको तयारी तीव्र्र पारिएको छ । महोत्सव सम्पन्न गर्नका लागी ९ सदस्यीय निर्देशक समिति, ४१ वटा उप–समिति र १ सय २० सदस्यीय कार्यसम्पादन समिति गठन गरि विभिन्न उप–समितिहरुसँगको छलफललाई तिव्रता दिईएको छ ।
हालसम्म ७० प्रतिशत स्टल बुकिङ भएका छन । महोत्सवमा रहने तिन सय ३४ वटा स्टल मध्ये शुक्रबारसम्म दुई सय ४० वटा स्टल बुकिङ भईसकेका छन । महिला उद्यमी, कृषि तथा पशुपन्छी, सुचना तथा प्रविधि, महिला परिचालन, तालिम, संघ सस्था परिचालन उप–समिति सँग छलफल तथा अन्र्तक्रिया गरिसकिएको र महोत्सव सफल बनाउने विषयमा आ–आफना् तर्फबाट खटेर लाग्ने प्रतिवद्धता व्यक्त भएको महासचिव जानुका पराजुलीले बताईन ।
महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका लघु, घरेलु, साना–ठूला औद्योगिक तथा व्यापारिक प्रतिष्ठानहरुका वस्तु तथा सेवा, हस्तकला, यातायातका साधनहरु, कृषि तथा पशुजन्य वस्तुहरु, विद्यालय स्तरीय शैक्षिक एवं विज्ञान सामाग्री, सुचना र सञ्चार प्रविधिमा भएका नयाँ आयामहरुको जगेर्ना, नयाँ प्रतिभाको खोजी अभियान, सांस्कृतिक जगेर्ना कार्यक्रम लगायतका थुप्रै कार्यक्रमहरु समावेश गरिएको र यसबाट स्थानीय उत्पादनको बजारीकरण, नयां प्रविधि तथा सिपको हस्तान्तरण, साहित्य, कला र संस्कृतिको जगेर्ना तथा आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनमा टेवा पुग्ने संघका अध्यक्ष एवं महोत्सवका संयोजक विनोद श्रेष्ठले जानकारी दिए ।
विगत २०६१ साल देखि अनवरत रुपमा सञ्चालन हुदै आइरहेको महोत्सवले हाल शिथिल अवस्थामा रहेको देशको अर्थतन्त्रलाई चलायमान बनाउदै उत्पादक र उपभोक्तालाई एउटै थलोमा जमघट गरि यस क्षेत्रको आर्थिक गतिविधि बढाउने र आन्तरिक एंव बाह्य पर्यटकहरुलाई आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पु¥याउने प्रचार प्रसार समितिका संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ ले बताए ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने १९ औं संस्करणको महोत्सवलाई पोखरा इको रेड ब्रिक्स प्रा.लि.ले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा पशुपति बिस्कुट र हेटौंडा डेरी, फुड फेस्टीभल प्रायोजकमा न्यूट्रीप्लस शुद्ध तोरीको तेल र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन तथा उप–समिति परिचालन समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

