दोलखामा भरूवा बन्दुकको छर्रा लागेर युवकको मृत्यु

दोलखा | मंसिर १७, २०८०

दोलखामा भरूवा बन्दुकको छर्रा लागेर युवकको मृत्यु

दोलखा:    दोलखामा भरुवा बन्दुकको छर्रा लागेर एक युवकको मृत्यु भएको छ । तामाकोशी गाउँपालिका–२ झुलेस्थित डाँडावारी जम्बोटे जङ्गलमा सिकार खेल्न गएका सोही ठाउँ बस्ने २० वर्षीय सन्जीव सार्कीको भरूवा बन्दुकको छर्रा लागेर मृत्यु भएको हो ।


सन्जीव समेतका सात जना शनिबार राति उक्त जङ्गल गएको, सन्जिबले बोकेको भरुवा बन्दुकको काठको बट भाँचिई फायर हुँदा छर्राले लागेर सन्जीव घाइते भएका थिए ।


तामाकोशी अस्पताल दोलखामा सामान्य उपचार पश्चात थप उपचारका लागि पशुपति चौलागाँई स्मृति अस्पताल चरिकोटमा आइतबार बिहान सन्जीवको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले सिकार खेल्न गएका अन्य ६ जनालाई नियन्त्रणमा लिई घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाडौं:  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ ।   मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइको काम भइरहेक...

थप पढ्नुहोस्

  लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरुका लागि आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम आईतबार सम्पन्न गरेको छ ।   तालिमको शुभारम्भ गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले तालिममार्...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा मंगलबारदेखि प्रिक्वाटरफाइनलका खेल हुने भएको छ ।   बुद्धटोल युवा क्लबको आय...

थप पढ्नुहोस्