१९ औं लेखनाथ महोत्सवमा करिव ९० लाखको आर्थिक कारोवार हुने लक्ष्य

पाेखरा | मंसिर १८, २०८०

१९ औं लेखनाथ महोत्सवमा करिव ९० लाखको आर्थिक कारोवार हुने लक्ष्य

पोखरा:  पोखरा महानगरपालिका–२७ तालचोक, डाँडाकोनाकमा आगामी पुस ५ देखि १६ गतेसम्म सञ्चालन हुने १९ औं संस्करणको लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । 


लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा हुने १९ औं संस्करणको लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको प्रचार–प्रचार उपसमितिको संयोजक उपेन्द्रराज सुवेदी (राजु)ले बताए ।


‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि, भन्ने नारासहित १९ औं संस्करणको लेखनाथ महोत्सवको तयारी तीव्र पारेका छौं’, संयोजक सुवेदीले भने, ‘महोत्सव आगामी पुस ५ देखि १६ गतेसम्म पोखरा–२७ तालचोक डाँडाकोनाकमा आयोजना गर्दै छौं ।’


उनले १९ औं संस्करणको लेखनाथ महोत्सवमा करिव ९० लाखको आर्थिक कारोवार हुने लक्ष्य राखेको बताए ।


‘महोत्सवमा हामीले करिव ३ सय ३४ वटा स्टल निर्माण गछौं, जसमा ७० प्रतिशत स्टल बुकिङ भइसकेका छन्’, उनले भने, ‘महोत्सवमा करिव ९० लाख बराबरको आर्थिक कारोवार हुने लक्ष्य राखेका छौं भने, २ लाख ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान गरेका छौं ।’


लेखनाथ उद्योग वाणिज्य संघको प्रथम उपाध्यक्ष समेत रहेका सुवेदीले महोत्सवमा ९० लाखको कारोवार हुँदा ८० लाख खर्च भई १० लाख बचत हुने अनुमान गरेको बताए । 


कोभिड १९ र युक्रेन युद्धका कारण विश्वभर आएको आर्थिक मन्दिबाट थला परेको देशको अर्थतन्त्तलाई चलायमान बनाउन तथा पर्यटन प्रवद्र्धन,देशमा रहेका औद्योगिक उत्पादनलाई बढवा दिन, लघु घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सीप उद्यमशिलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरुमा उत्पादित वस्तुहरुको बजारिकरणमा सहयोग पु¥याउने महोत्सवको उद्धेश्य रहेको संघले जनाएको छ । 


बचत भएको १० लाखबाट संघको भवनको स्तर उन्नती, औद्योगिक क्षेत्र निर्माणको लागि पहल, कवि लेखनाथ पौड्यालको जन्मस्थल विकास, बेगनास तालमा बराह मन्दिर संरक्षण, ,स्थानीय महलिा तथा युवा उद्यमीहरुद्धारा उत्पादित वस्तुहरुको प्रवद्र्धनका लागि उत्कृष्ट कोशेली घर निर्माण लगायतको क्षेत्रमा खर्च गर्ने लेखनाथ उद्योग वाणिज्य संघले जनाएको छ । 


महोत्सवमा जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलाहरुलाई सामाजिक सुरक्षा भत्ता कार्डका आधारमा र लेखनाथ उद्योग वाणिज्य संघका सदस्यहरुका लागि संघको सदस्यता परिचय पत्रका आधारमा निशुल्क प्रवेश रहेको जनाएको छ । 


महोत्सवमा कवि लेखनाथ पौडेलको सम्झनामा साहित्यीक कार्यक्रम,महिला विशेष रीतिरिवाज जर्गेना अन्तर्गत रत्यौली कार्यक्रम, विद्यालय स्तरीय कार्यक्रम, सांस्कृतिक कार्यक्रम, आदिवासी जनजाति विशेष कार्यक्रम, जातजातिहरुको सम्मानमा लोप हुन लागेको रीतिरिवाज तथा संस्कृति झल्कने नृत्य प्रदर्शनी, आदिवासी जनजातिहरुको आफ्नो झाँकी¥याली, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, राष्ट्रिय उत्पादन प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, बाल उद्यान, खाना महोत्सव, कन्सट, राष्ट्रिय लोक दोहोरी कार्यक्रमहरुलाई समेत निरन्तरता दिइएको छ । 
 

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्