भदौरेमा पुषको पहिलो साता ‘रजत महोत्सव’, फुटबलको उपाधि राशी १ लाख रुपैयाँ
पाेखरा | मंसिर १९, २०८०
पोखरा: भदौरे क्लब र भदौरे आमा समूहको सँयुक्त आयोजनामा कास्कीको अन्नपूर्ण गाँउपालिका ४ भदौरेमा ‘२५ औं भदौरे पञ्चासे महोत्सव’ हुने भएको छ ।
आगामी पुष ५ देखि ९ गतेसम्म रजत जयन्तीको रुपमा महोत्सवको तयारी थालिएको छ ।
महोत्सवमा विभिन्न प्रतियोगिताको आयोजना गरी मनाइने क्लबका सल्लाहकार तथा अन्नपूर्ण गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष आइन्दल गुरुङले जानकारी दिए ।

उनका अनुसार तमु ल्होसारको अवसरमा आयोजना हुने सो महोत्सवमा विशेष आकर्षणका रुपमा सेभेन ए साइड फुटबल प्रतियोगिता, नृत्य प्रतियोगिता लगायतका साँस्कृतिक कार्यक्रमहरु समावेश गरिएको छ ।
प्रतियोगिताको विजेता टिमलाई नगद रु १ लाख, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने संयोजक विश्वदल गुरुङले जानकारी दिए ।
उनका अनुसार उपविजेता टिमले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने अन्तिम चार (सेमिफाइनल) मा पुग्ने दुई टिमलाई जनही २०/२० हजार रुपैयाँ प्रदान गरिनेछ । यस्तै विधागत पुरस्कारको व्यवस्थासमेत गरिएको छ ।
प्रतियोगितामा सहभागिता जनाउनका लागि आयोजकले दर्ता शुल्क नगद रु ५ हजार निर्धारण गरेको छ ।
महोत्सवमा खेलकुदसँगै साँस्कृतिक कार्यक्रमहरुको पनि आयोजना हुने आयोजकले जनाएको छ ।
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

