पाटन अस्पतालले स्तन क्यान्सरका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने
काठमाडाैं | मंसिर १९, २०८०
फाइल तस्बिर
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्तन क्यान्सरका बिरामीहरूलाई निःशुल्क औषधि उपलब्ध गराउन थालेको छ ।
पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा।अरुण शाहीले प्रतिष्ठानले स्तन क्यान्सरविरुद्धको मेटास्टेटि( ९चौथो स्टेज)को हार्मोन पोजेटिभ भएका बिरामीलाई राइबोसिक्लिब लेट्रोजोल भन्ने ट्याब्लेट स्तन क्यान्सरका बिरामीलाई निःशुल्क उपलब्ध गराउन थालेको जानकारी दिनुभयो ।
अस्पतालबाट अहिलेसम्म चार जनाले सेवा लिइसकेका छन् । डा.शाहीका अनुसार यी औषधिहरू मेटास्टेटिक अवस्थामा पुगेका बिरामीका लागि अत्यन्तै प्रभावकारी छन् । युएसएफडीए मान्यता प्राप्त यो औषधि युरोप अमेरिकामा पहिलो रोजाइमा पर्दछ ।
किमो थेरापीको विकल्पमा स्तन क्यान्सर भएकालाई यो औषधि दिइने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो औषधि क्यान्सर उपचारका प्रयोग हुने किमोथेरापीको विकल्पमा आएको एक किसिमको टार्गेटेड थेरापी हो । यो औषधि किमोको तुलनामा बढी प्रभावकारी भएको अध्ययनहरूले पुष्टि गरेको छ ।”
डा।शाहीका अनुसार यो औषधि महिनामा २१ दिन प्रयोग गर्नुपर्छ । उहाँले भन्नुभयो, “यो औषधि महिनाको २१ दिन प्रयोग गर्नुपर्छ फेरि एक हप्ता छोड्ने र फेरि अर्को महिना २१ दिन सेवन गर्ने गर्नुपर्छ ।”
पाटन अस्पतालले म्याक्स फाउन्डेशनको सहयोगमा यस अघि पनि फोक्सोको केही प्रकारको क्यान्सर, रगतको क्यान्सर, पेटको एक किसिमको क्यान्सर र मिर्गौला लगायतको क्यान्सरबाट गम्भीर अवस्थामा पुगेकाहरूका लागि ‘टार्गेटेड थेरापी’ अन्तर्गत विश्वस्तरीय औषधि निःशुल्क उपलब्ध गराउर्दै आएको छ ।
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

