पोखरामा लागूऔषधसहित चारजना प्रकाउ
पाेखरा | मंसिर २०, २०८०
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको विभिन्न स्थानबाट लागूऔषधसहित चारजनालाई प्रकाउ गरेको छ ।
वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले पोखरा महानगरपालिका–१४ नयाँपुलबाट धादिङ घर भई पोखरा–९ बस्ने १९ वर्षीय आशिष थापामगर र २० वर्षीय पूर्ण तामाङलाई १ किलो ५ सय ग्राम लागूऔषधसहित हिजो (मंगलबार) प्रकाउ गरेको हो ।
यस्तै वडा प्रहरी कार्यालय बगर र रामबजारबाट संयुक्त रुपमा खटिएको प्रहरीले पोखरा महानगर–४ कोइरालामार्गबाट दुईजनालाई लागूऔषधसहित प्रकाउ गरेको छ ।
प्रकाउ पर्नेमा पोखरा महानगर–४ कोइरालामार्ग बस्ने ३५ वर्षीय बिरु परियार र पर्वतको जलजला गाउँपालिका–९ बनौ घर भएका २६वर्षीय बिनोद पुनलाई १ किलो ४ सय ८० ग्राम लागूऔषधसहित प्रहरीले प्रकाउ गरेको हो ।
लागूऔषधसहित प्रकाउ परेका चारजनालाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा १५÷१५ दिनको म्याद गरी अनुसन्धान प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

