कश्यपधाममा बालाचर्तुदशी पर्व मनाइयो
पाेखरा | मंसिर २५, २०८०
पोखरा: कास्की जिल्लाको उद्गम तथा धार्मिक पर्यटकीय स्थल कश्यप तपोधाममा बालाचर्तुदशी पर्व धुमधामका साथ मनाइएको छ ।
पोखरा महानगरपालिका वडा नं २४ कास्कीकोट स्थित धामको गरामा रहेको महाङकालेश्वर मन्दिर परिसरमा हजारौँ भक्तजनको सहभागितामा सतबिज छरि बालाचर्तुदशी पर्व मनाईएको गुप्तकाली काश्यप धार्मीक क्षेत्र विकास समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले जानकारी दिए ।
पर्वको अवसरमा कश्यप ऋषिले तपस्या गरेको धामको गरामा शिव ताण्डव नृत्य भजन नौमती वाजा समेत प्रर्दशन गरिएको थियो । विभिन्न ध्वजापताका र रंगरोगनले सजिएको मन्दिरमा बिहानै देखि भक्तजनको भिड लागेको थियो । सतबिज छर्न कास्की स्याङजा पर्वत तनहु बागलुङ देखि भक्तजनको भिड लागेको थियो ।
त्यस क्षेत्रमा सतबिज छर्न विभिन्न जिल्लाबाट भक्तजन आउने गरेको स्थानीय तारापति सुवेदीले जानकारी दिए । सदबिज छर्नाले पितृ उद्घार हुने धार्मिक जनविश्वास रहेको छ ।
पोखराको दृश्य सहित मनोरम अन्नपुर्ण हिमश्रृंखला र माछापुच्छ«ेको दृश्य नजिकैबाट देख्न सकिने उक्त क्षेत्रमा दिनहुँ सयौं पर्यटक पुग्ने गरेका छन् । यस क्षेत्रमा कश्यप ऋषिले तपस्या गरेकाले पुराना कास्की हुदै कास्की जिल्लाको नामाकरण रहेको किंमदन्ती पाइन्छ ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

