पोखरा पर्वतीय संग्रहालयमा ‘काटोग्राफिक म्याप’

पाेखरा | मंसिर २५, २०८०

पोखरा पर्वतीय संग्रहालयमा ‘काटोग्राफिक म्याप’

पोखरा:   पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा नेपालको सम्पूर्ण भेगको जैविक, भौगोलिक तथा सांस्कृतिक स्थिति देखिने गरी ‘काटोग्राफिक म्याप’ स्थापना गरिएको छ । नेपालका राष्ट्रिय निकुञ्ज, जैविक तथा सांस्कृतिक विविधता देखिने गरी एसिमोडले नक्सा बनाइदिएको हो ।


पोखरामा जारी आठौं अन्तर्राष्ट्रिय महोत्सवको अवसरमा इसिमोडकी प्रतिनिधि छिमी सेल्डन, गण्डकी प्रदेशका राप्रपा संसदीय दलका नेता पञ्चराम तमुसहितले काटोग्राफी म्यापको डमी उद्घाटन गरेका हुन् ।


सेल्डनले निकट भविष्यमै डिजिटल नक्सा राख्ने र हाललाई डमीका रुपमा उक्त नक्सा संग्रहालयमा राखिएको जानकारी दिइन् । ‘पछि यहाँ ठूलो डिजिटल नक्सा राख्ने गरी तयारी भइरहेको छ । यसमा यहाँ अवलोकन गर्न आउने दर्शकले स्क्रिनमा जुन ठाउँमा छुन्छन्, त्यसपछि प्रश्नोत्तरसहित जानकारी लिन सक्नेछन्,’ उनले भने ।


उक्त नक्साले नेपालको भूगोलसहित जीवनशैली तथा जैविक विविधता बुझ्न मद्दत गर्ने विश्वास संग्रहालयकी कार्यकारी अधिकृत निर्मला न्यौपानेको छ । उनले भनिन्, ‘यो नक्सा स्थापना भयो संग्रहालय अझ डिजिटल बन्ने नै छ । अवलोकनकर्ताले देश बुझ्न अझ सहयोग पुग्ने विश्वास लिएका छौं ।’


शुक्रबारबाट सुरु भएको महोत्सव मंगलबार सकिँदैछ । महोत्सवमा पर्वतीय जनजीवन र कीर्तिमानी आरोहीबारे डकुमेन्ट्री देखाइएको महोत्सव संयोजक जिनेश सिन्दुराकारले जानकारी दिए । महोत्सवमै नेपाल पंक्षी  संरक्षण संघसँगको सहकार्यमा ‘साइलेन्ट बर्डस’ नामक गिद्ध संरक्षणबारे जनचेतनामूलक नाटक पनि देखाएको थियो । 
 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्