लेकसाइडको जुसेरी क्याफेका म्यानेजर र फ्रिडम क्याफेका एक कर्मचारी पक्राउ
पाेखरा | मंसिर २७, २०८०
पोखरा: पोखरा महानगरपालिका–६ लेकसाइड खहरेस्थित दुईवटा क्याफेमा पर्यटक र स्थानीयहरुलाई नशालु पदार्थ खुवाएर सामाजिक विकृति फैलाएको आरोपमा प्रहरीले दुई जनालाई प्रकाउ गरेको छ ।
पर्यटक तथा स्थानीयहरुलाई मनोरञ्जन दिने बहानामा कानूनले वर्जित गरेका नशालु पदार्थ सेवन गराएर समाजमा होहल्ला अशान्ति र विकृति फैलाउने गरेको स्थानीयको गुनासोपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले क्याफेका म्यानेजरसहित २ जनालाई प्रकाउ गरेको हो ।
प्रकाउ पर्नेमा जुसेरी क्याफेका म्यानेजर काठमाडौं शंखरापुर नगरपालिका–३ घर भएका ३१ वर्षीय रोहित लामा भन्ने भगवान वम्जन र सोही स्थानमा रहेको फ्रिडम क्याफेका कर्मचारी गोरखा सुलिकोट २ घर भएका २१ वर्षीय घुमिन्द्र घले रहेका छन् ।
स्थानीयको गुनासोपछि उल्लेखित काम नगर्न सचेत गराउँदा क्याफेका म्यानेजरले प्रहरी माथि अपशब्द बोल्दै वादविवाद गरेपछि नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय कास्कीबाट अभद्र मुद्धामा पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो ।
काठमाडौं: सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठ...
काठमाडौं: नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन ईकाइ प्रमुख बिनेश मुनंकर्मीविरुद्ध दुई करोड ५० लाख ३४ हजार ५१७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको ...
पोखरा: यसपालीको पोखरा सडक महोत्सव विशेष हुने भएको छ । किनकी रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवमा यस वर्ष हिट्स अफ नाईन्टिज गुञ्...

