सेती नदीमा संगम मिश्र मृत फेला

पाेखरा | मंसिर २८, २०८०

सेती नदीमा संगम मिश्र मृत फेला तस्बिर फाइल

पोखरा:    पोखराको मणिपाल शिक्षण अस्पतालबाट बेपत्ता भएका तनहुँका संगम मिश्र सेती नदीमा मृत फेला परेका छन् । अस्पतालमा उपचारत संगम मिश्र बुवा औषधी किन्न गएका समयमा बेपत्ता भएका थिए ।

 

तनहुँ स्थायी घर भएका संगम मिश्र बिरामी भएपछि लामाचौरबाट गएको मंसिर २५ गते उपचारका लागि मणिपाल अस्पतालमा आएका थिए । आफ्नो बुवा औषधी लिन गएको समयमा अस्पतालबाट बेपत्ता भएका संगम खोजतलाज गर्ने क्रममा सेती नदीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।


मिश्र हराएको सूचनापछि खोजतलासको लागि गएको प्रहरीको टोलीले नदीपुरतर्फ आउने झुलुङ्गे पुलको बीचमा कपडा र आइडीकार्ड फेला पारेको थियो । 


‘परिवारले पोखरा–१६स्थित सेती नदीको ड्याम खोलेर खोजतलास गरिदिन आग्रह गरेपछि आज (दिउँसो ) ड्याम खोलेर खोजतलाज गर्ने क्रममा पोखरा महानगरपालिका–३ नदीपुरस्थित सेती नदीमा संगम मृत फेला परेको सूचना अधिकारी विकले बताए । 


सेती नदीमा मृत फेलाका संगमको शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको कास्की प्रहरीले जनाएको छ । 

लेखनाथ:    महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ ।   शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...

थप पढ्नुहोस्

पोखरा:   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...

थप पढ्नुहोस्

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

थप पढ्नुहोस्