पोखरामा टेलिकमको तार चोरी गर्ने २ जना कारसहित प्रकाउ

पाेखरा | मंसिर २८, २०८०

पोखरामा टेलिकमको तार चोरी गर्ने २ जना कारसहित प्रकाउ

पोखरा:   पोखरामा नेपाल टेलिकमको कपर केबुलका तार चोरी गरेको आरोपमा प्रहरीले दुईजनालाई कारसहित प्रकाउ गरेको छ । टेलिकमको तार चोरी गरेको आरोपमा दुईजनालाई प्रकाउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


पोखराको विभिन्न स्थानमा रहेको बिजुलीको पोलबाट नेपाल टेलिकमको कप केबुलको तार चोरी गरेको सूचनापछि  खोजी गर्दा शंकास्पद अवस्थामा लामाचौर गोस्तेतर्फ जाँदै गरेको ग २ च ५३६ नम्बरको मारुती सुजुकी कार चेकजाँच गर्ने क्रममा तारसहित दुईजनालाई प्रकाउ गरेको प्रहरीले जनाएको छ । 


प्रकाउ पर्नेमा पोखरा महानगरपालिका–२५ हेम्जा बस्ने ५८ वर्षीय लालबहादुर नेपाली र ३९ वर्षीय श्यामनाथ मोतिहारी रहेका छन् । प्रहरीले कारको सिट र डिक्कीबाट विभिन्न स्थानबाट चोरी भएको करिव ३ सय ३१ मिटर कपर केबुलको तार बरामद गरेको छ । 


प्रकाउ परेका दुवै जनालाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्धामा ८ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 

लेखनाथ:    महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ ।   शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...

थप पढ्नुहोस्

पोखरा:   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...

थप पढ्नुहोस्

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

थप पढ्नुहोस्