पोखरा सेती नदीमा वेवारिसे शव फेला, बायाँ पाखुरामा लिजा लेखिएको महिलाको तस्वीरसहितको ट्याटु
पाेखरा | मंसिर २९, २०८०
पोखरा: पोखरा रामघाटस्थित सेती नदीमा वेवारिसे अवस्थामा पुरुष जस्तो देखिने एक व्यक्तिको शव फेला परेको छ । प्रहरीले हिजो (बिहीबार) सेती नदीमा वेवारिसे शव फेला पारेको हो ।
पोखरा महानगरपालिका १० रामघाटस्थित सेती नदीको बिचमा रहेको ढुङ्गामा अन्दाजी २५ वर्षीय जस्तो देखिने सडेगलेको अवस्थामा वेवारिसे अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सेती नदीमा शव फेला परेको स्थानीयको सूचनापछि वडा प्हरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले शव निकालेर पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ ।
सेती नदीमा वेवारिसे अवस्थामा भेटिएको शवको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । शवको बायाँ पाखुरामा म्याइ लाइफ लेखि महिलाको तस्वीरसहितको ट्याटु र नाडीमा लिजा लेखिएको ट्याटुको चिन्ह रहेको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

