कृषि कर्जा साधारण कृषकको पहुच सम्म पुर्‍याउने सरल उपाय खोजौं:  प्रमुख पौडेल

पाेखरा | मंसिर ३०, २०८०

कृषि कर्जा साधारण कृषकको पहुच सम्म पुर्‍याउने सरल उपाय खोजौं:  प्रमुख पौडेल

पोखरा:    जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले   कृषि कर्जा साधारण कृषकको पहुच सम्म पुर्‍याउने सरल उपाय खोजि गरि कर्जा प्रवाह सजिलो बनाउन आग्रह गरेका छन् ।


अहिलेको प्रक्रिया केही झन्झटिलो र उत्पादनका काम नै छोडेर कृषकहरू कर्जा प्रक्रियामा  लाग्नुपर्ने गुनासो आएको भन्दै सरोकारवाला मन्त्रालयले यस विशेषमा  ध्यान दिएर सरल प्रक्रिया अबलम्बन गर्नुपर्ने  उल्लेख गरें ।


प्रमुख पौडेलले सो कुरा प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना , परियोजना कार्यान्वयन एकाइ कास्कीको आयोजनामा “ सहुलियत कृषि कर्जा कार्यान्वयनका लागि अन्तरक्रिया कार्यक्रमको   शुक्रबार उद्घाटन गर्दै बताएका हुन् ।


पौडेलले  सरलिकृत अनुदान रकम  बितरण प्रक्रिया  सर्बसाधारण कृषकको पहुचमा नपुगेसम्म कुनै पनि कृषि उत्पादनमा देश आत्मनिर्भर हुन नसक्ने र  समृद्धिका नारा निरर्थक हुने जिकिर गरे ।


उनले  श्रम र बजारलाई जोड्ने नीति निर्माण गरि कृषि उत्पादनको बजारीकरण गर्न  तदारुकता राज्यले देखाउनु पर्ने बताए । कर्जा प्रक्रिया सरल बनाउन रास्ट्र बैंकले समेत विशेष नीति बनाउनु पर्ने उनको जोड थियो ।

 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्