२५ औं भदौरे पञ्चासे कोदो महोत्सवको तयारी तीव्र, फुटबलको उपाधि राशी १ लाख रुपैयाँ
पाेखरा | पुस १, २०८०
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–४ स्थित पर्यटकीय स्थल भदौरे पञ्चासेमा पुष ५ देखि ९ गतेसम्म २५ औं भदौरे पञ्चासे कोदो महोत्सव एवम् ल्होसार मेला हुने भएको छ । पुष ५ देखि ९ गतेसम्म रजत जयन्तीको रुपमा महोत्सवको तयारी तीव्र पारिएको आज (आइतबार) पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
भदौरे क्लब र भदौरे आमा समूहको सँयुक्त आयोजनामा पुष ५ देखि ९ गतेसम्म ल्होसार पर्वको अवसरमा २५ औै भदौरे पञ्चासे कोदो महोत्सव एव्म ल्होसार मेलाको आयोजना गरेको संयोजक विश्वदल गुरुङले बताए ।
‘हामीले २०५५ सालदेखि तमु ल्होसारको अवसरमा भदौरे पञ्चासे महोत्सव गर्दै आएका छौं, यस वर्ष रजत जयन्ती पनि भएकाले पुष ५ देखि ९ गतेसम्म २५ औं संस्करणको भदौरे पञ्चासे कोदो महोत्सव आयोजना गरेका छौं’, संयोजक गुरुङले भने, ‘पर्यटन प्रवद्र्धन गर्ने, खेलकुद सामाजिक र सांस्कृतिक विकास र सचेतना फैलाउन मेला आयोजना गरेका हौं ।’
भदौरे पञ्चासे कोदो महोत्सव एवम् ल्होसार मेलामा खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता, खुल्ला नृत्य प्रतियोगिता, स्थानीय झाँकी तथा अर्गानिक कृषि प्रदर्शन, ढिडो खाने प्रतियोगिता, आमा समुहको सामुहिक नृत्य, छेला हान्ने, कुर्ची दौड, अन्धानिशान र रस्साकस्सी प्रतियोगिता आयोजना गरेको संयोजक गुरुङले बताए ।
खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ६० हजार रुपैयाँ पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै सेमिफाइनलबाट बाहिरिने दुई समूहले नगद २०÷२० हजार पुरस्कार प्राप्त गर्नेछन् । यस्तै विधागततर्फ सर्वोकृष्ट खेलाडी उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर,उत्कृष्ट स्ट्राइकर,उत्कृष्ट मिडफिल्डर ले ट्रफी र मेडल प्राप्त गर्नेछन । खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगितामा सहभागिता हुन एक समूहलाई ५ हजार रुपैयाँ दर्ता शुल्क कायम गरेको आयोजकले जनाएको छ ।
यस्तै खुल्ला नृत्यतर्फ प्रथम हुनेले ८ हजार, द्धितीय हुनेले ५ हजार तृतीय हुनेले ३ हजार रुपैयाँ पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
तमु ल्होसार पर्वको अवसरमा आयोजित महोत्सवमा स्थानीय कोदो उत्पादनलाई प्रवद्र्धन गर्न कोदो महोत्सवसँगै ढिडो खाने प्रतियोगितालाई समेत समावेश गरिएको आयोजकले जनाएको छ ।
पुष ५ देखि ९ गतेसम्म सञ्चालन हुने २५ औं संस्करणको भदौरे पञ्चासे, कोदो महोत्सव, ल्होसार मेलामा २३ लाख रुपैयाँ आम्दानी हुँदा २० लाख खर्च हुने अनुमान गरिएको क्लबका अध्यक्ष अनिल गुरुङले बताए ।
काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...
पोखरा: दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् । रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...
काठमाडौं: विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ । अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका ला...

