लेकसाइडबाट १० जना अभद्र व्यवहार गरेको आरोपमा प्रकाउ

पाेखरा | पुस ४, २०८०

लेकसाइडबाट १० जना अभद्र व्यवहार गरेको आरोपमा प्रकाउ

पोखरा:   लेकसाइडमा पर्यटकलाई नशालु पदार्थ सेवन गराउन खोज्नेसहित विभिन्न कसुरमा संग्लन १० जनालाई वडा प्रहरी कार्यालय बैदामले प्रकाउ गरेको छ । 


लेकसाइडमा पर्यटकलाई नशालु पदार्थ सेवन गराउन खोज्नेसहित विभिन्न कसुरमा संलग्न १० जनालाई अभद्र व्यवहारको मुद्धा चलाएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । 


लेकसाइडमा विदेशी तथा स्वदेशी पर्यटकहरुलाई बाटोमा नशालु पदार्थ सेवन गर्नको लागि दवाव दिने, नमानेमा बाटोमा हिड्ने पर्यटक तथा मानिसहरुलाई हैरान गरी आँतङ्कित पारेको आरोपमा प्रहरीले पुस २ गते सोमबार राती विजिवि गल्लीबाट पाँचजनालाई पक्राउ गरेको थियो ।


पक्राउ पर्नेहरुमा पोखरा–१६ दीप बस्ने २० वर्षीय डिलन श्रीषमगर, कास्कीको माछापुच्छ«े गाउँपालिका ५ बस्ने २० वर्षीय सन्देश विक, पोखरा–६, ठाडोपसल बस्ने ३० वर्षीय सुरेश थापा, पोखरा–६, जरेवर बस्ने २९ वर्षीय महेन्द्र भण्डारी र गोरखा भीमसेन गाउँपालिका–८ बस्ने ३२ वर्षीय सुरेश थापा रहेका छन् ।  


यस्तै मर्निङवाकमा जाने महिलाहरुलाई पोखरा–६, लेकसाइडको सडकमा मादक पदार्थ सेवन गरी अपशब्द प्रयोग गर्ने, हातपात गर्ने र सम्झाउन खोज्दा स्थानीयवासीलाई कुटपिट गरेको आरोपमा प्रहरीले बागलुङ नगरपालिका –१२ घर भई हाल पोखरा–६ बस्ने २७ वर्षीय डेविड भन्ने डिल्लीप्रसाद पौडेललाई पक्राउ गरेको हो ।


यस्तै प्रहरीले सोमबार राति नै लेकसाइडमा मादक पदार्थ सेवन गरी होहल्ला गर्दै अशान्ति फैलाएको आरोपमा प्रहरीले बागलुङको काठेखोला गाउँपालिका–५ घर भई हाल पोखरा–५, मालेपाटन बस्ने २६ वर्षीय विक्रम थापा, स्याङ्जा गल्याङ नगरपालिका वडा–१ घर भई हाल पोखरा–१४ काजिपोखरी बस्ने ३१ वर्षीय आशिष थापालाई प्रहरीले पक्राउ गरेको थियो ।


यस्तै प्रहरीले पोखरा–९, चाईनापुलस्थित शंकास्पद ढंगले हिडिरहेको अवस्थामा सोधपुछ गर्दा प्रहरीमाथि नै अपशब्द प्रयोग गरेको आरोपमा पोखरा–१४ बस्ने ३२ वर्षीय शिवबहादुर कार्की र पोखरा–९ बस्ने २७ वर्षीय शंकर भुजेल पक्राउ गरेको छ । 


प्रकाउ परेकाहरुलाई छुट्टाछुट्छै अभद्र व्यवहार सम्बन्धि कसुरमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट पहिलो पटक ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । 
 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्