सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई टुडेज् मिनरलले खानेपानी प्रायोजन गर्ने

पाेखरा | पुस ५, २०८०

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई टुडेज् मिनरलले खानेपानी प्रायोजन गर्ने

पोखरा:    सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि सिएम एक्वा वेभरेजको उत्पादित खानेपानी टुडेज स्प्रीङ वाटरले खानेपानी प्रायोजन गर्ने भएको छ ।  आगामी फागुन ५ गते शनिबार पोखरामा हुने अन्तर्राष्ट्रिय म्याराथनका लागि आवश्यक खानेपानी प्रायोजन गर्ने बिहिबार दुई पक्षबीच सम्झौता भएको हो । 


सिएम एक्वा वेभरेज र नेपाल भूतपूर्व खेलाडी मञ्चबीच मुख्य खानेपानी प्रायोजनका लागि सम्झौता भएको हो । सिएम एक्वाको तर्फबाट कार्यकारी निर्देशक कपिल किरण श्रेष्ठ र मञ्चकोतर्फबाट अध्यक्ष हरि प्रसाद पराजुली तथा रुटमा पानी व्यवस्थापन उपसमिति संयोजक जुम प्रसाद गुरुङबीच सम्झौता भएको हो । उक्त सम्झौता अनुसार एक्वाको उत्पादित खानेपानी टुडेज नेचुरल स्प्रीङ वाटर म्याराथन, हाप म्याराथन र कार्यक्रमस्थलमा राखिने छ । रुट खानेपानी संयोजक जुन प्रसादले टुडेज्ले पानी प्रायोजन गरेर ठूलो सहयोग गरेको बताए । उनले धावकहरुलाई आवश्यक पर्ने पानीका लागि सम्झौता भएको जानकारी दिए । लामो दुरीको दौड भएकाले खेलाडीका लागि वाटर पोइन्टहरुमा अफिसियल रुपमा टुडेज मिनरल वाटर राखिने छ । 


पोखराको मात्र नभई अन्तर्राष्ट्रिय रुपमै चर्चामा आएको सफल पोखरा म्याराथनमा जोडिन पाउँदा कम्पनीलाई निकै फाइदा भएको कार्यकारी निर्देशक कपिल किरण श्रेष्ठले बताए । उनले सामाजिक कार्यसँगै खेलकुदमा जोडिन पाउनु आफुहरुको लागि खुसीको कुरा भएको समेत सुनाए । खेलकुदको विकासका लागि आफुहरु सहयोग गर्न तयार रहेको र सफल म्याराथनलाई सहयोग गर्न कटिबद्ध भएको उनको भनाई थियो । प्रतियोगितालाई आवश्यक पर्ने खानेपानी सिएम एक्वा वेभरेजको उत्पादन टुडेज नेचुरल स्प्रीङ वाटरले उपलब्ध गराउने श्रेष्ठले प्रतिबद्धता व्यक्त गरे । 


यस्तै मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले २०५८ सालमा गठन भएको संस्थाले एथलेटिक्स हरेक खेलका लागि मेरुदण्ड भएकाले म्याराथनलाई जोड दिएको बताए । उनले टुडेजले खानेपानी प्रायोजन गरेर पुण्यको काम गरेको समेत सुनाए । ‘संसारका चर्चित राष्ट्रहरुमा त्यहाँका चर्चित शहरको नामबाट म्याराथन आयोजना हुँदै आइरहेको छ । हामीले पनि पोखरा शहरको नाम जोडेर म्यारथन आयोजना गर्दै आइहरेका छौं । 


प्रतियोगितामा मनकारी समाजसेवीहरुले सहयोग गरेकै कारण आज प्रतिष्ठित प्रतियोगिता बनिरहेको छ’ उनले भने, ‘हामी चाहान्छौं पोखरा म्याराथन देशकै इभेन्टको रुपमा अघि बढोस् । लाखौं मानिस दौडिउन् । अझ पोखराले यसलाई ठूलो पर्वको रुपमा मनाओस् ।’ मञ्च अन्तर्राष्ट्रिय म्याराथन तयारीमा तिब्र रुपले अघि बढिरहेको छ । यसअघि मञ्चले अन्तरक्रिया, भेटघाट समेत गरिरहेको छ ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्