पोखरा नेपाल सुपर लिग एनएसएलको शीर्ष स्थानमा

काठमाडाैं | पुस ६, २०८०

पोखरा नेपाल सुपर लिग एनएसएलको शीर्ष स्थानमा तस्बिर फाइल

काठमाडौं:    नेपाल सुपर लिग (एनएसएल)मा राउण्ड रोबिन चरणको आफ्नो अन्तिम खेलमा धनगढी एफसीसँग बराबरी खेलेको पोखराले पहिलो स्थानमा रहँदै प्लेअफमा आफ्नो स्थान बनाएको छ ।


यस खेल अघि नै शीर्ष दुईमा आफ्नो स्थान पक्का गरिसकेको पोखराले शुक्रबार खेलमा १/१ को बराबरी सँगै पहिलो स्थान सुरक्षित गरेको हो ।


पोखराले भने ८ खेलमा ४ जित, ३ बराबरी र १ हार सहित १५ अंकमा पहिलो चरण टुङगायो ।


धनगढीको कुल ८ खेलमा ३ जित, ४ बराबरी र १ हार संगै १३ अंक बनायो । धनगढीले भने आफ्नो अन्तिम वरियता थाहा पाउन बाँकी खेलको परिणाम कुर्नु पर्ने भएको छ । झापा एफसीले आजको दोस्रो खेलमा एफसी चितवन विरुद्ध जित हासिल गरेमा हेड टू हेडका आधारमा धनगढीलाई उछिन्दै दोस्रो स्थान हासिल गर्ने छ । यस्तै भोलिको खेलमा ललितपुर सिटी एफसीले काठमाडौं विरुद्ध जित हासिल गरे पनि धनगढी भन्दा अघिल्लो स्थानमा रहँदै यस चरण अन्त्य गर्ने छ ।


पहिलो र दोस्रो स्थानको टिमले फाइनल प्रवेशका लागि क्वालिफायर खेल्ने छन् । क्वालिफायरमा पराजित हुने टिमले तेस्रो र चौथो स्थानको टिमबीच हुने खेलको विजेतासँग फाइनल प्रवेशका लागि फेरि खेल्ने मौका पाउने छ ।


ललितपुर सिटी, झापा एफसी, काठमाडौं रेजर्स र वीरगञ्ज युनाइटेड मध्येका २ टिम प्ले अफको दौडमा छन् ।

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्