खाद्य पदार्थको आधारभूत परीक्षण गर्न प्रयोगशाला

बाग्लुङ | पुस ६, २०८०

खाद्य पदार्थको आधारभूत परीक्षण गर्न प्रयोगशाला तस्बिर फाइल

बलेवा:    बागलुङ बजारमा संवेदनशील खाद्य पदार्थको आधारभूत परीक्षण गर्न सकिने गरी खाद्य प्रयोगशाला स्थापनाको पहल थालिने भएको छ । बागलुङ नगरपालिका उपभोक्ता हित संरक्षण समितिको बैठकले प्रयोगशाला स्थापनाका लागि आवश्यक पहल गर्ने निर्णय गरेको हो ।


पानी, दूध, तेललगायतका पदार्थको आधारभूत परीक्षण गर्न मिल्ने प्रयोगशाला स्थापनाका लागि आवश्यक सहयोग गर्न बागलुङ नगर कार्यपालिकालाई अनुरोध गर्ने निर्णय गरिएको समितिका संयोजक तथा नगरउपप्रमुख राजु खड्काले बताउनुभयो । प्रयोगशाला स्थापनापछि आधारभूत खाद्य पदार्थको नियमन सहज हुने उहाँको धारणा छ । 


प्रयोगशालाको अभावमा अनुगमनका क्रममा अखाद्य वस्तु बिक्री वितरण गर्नेलाई कारबाही गर्न कठिन भएको उपप्रमुख खड्काले बताउनुभयो । चिनीको मूल्य घटेको भए पनि उपभोक्ताले चर्को मूल्य तिर्नुपरेको भन्दै तत्काल मूल्य समायोजन गरी बिक्री वितरण गर्न उद्योग वाणिज्य संघमार्फत अनुरोध गर्ने र अनुगमनलाई निरन्तरता दिने निर्णय गरिएको छ । बागलुङ उद्योग वाणिज्य संघले सञ्चालन गर्न थालेको बागलुङ महोत्सवमा रहने खाद्यान्नको कक्षको नियमित अनुगमन र खाद्य स्वच्छताका लागि नियमन गर्ने बैठकले निर्णय गरेको छ । 

रुकुम पूर्व:  रुकुम पूर्वको भुमे गाउँपालिका १ लुगुमको पञ्चासेमा अटो दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । हिजो बेलुका भुमे १ स्यावालस्थित मध्यपहाडी लोक मार्गको लुगुम(पाटी हाल्ने सडक खण्डमा लुगु...

थप पढ्नुहोस्

गुल्मी: गुल्मीस्थित मालिका गाउँपालिकामा छोराले बाबुलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।  मालिका– ३ म्यालका २३ वर्षीय भोटबहादुर विकले शनिबार ५२ वर्षीय धनबहादुरको हत्या गरेको जिल्ला प्र...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँस्थित कागबेनी–कोरला सडक अन्तर्गत विभिन्न १० स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण सो  सडकका विभिन्न स्थानमा लेदोसहितको बाढीले सडक संरचन...

थप पढ्नुहोस्