लेखनाथ महोत्सवमा शनिबार मात्रै करिब ४० हजार दर्शक पुगे

पाेखरा | पुस ७, २०८०

लेखनाथ महोत्सवमा शनिबार मात्रै करिब ४० हजार दर्शक पुगे

पोखरा । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ गत विहिबारदेखि जारी १९औं संस्करणको लेखनाथ महोत्सवको तेश्रो दिन शनिबार ४० हजार दर्शकहरुले अवलोकन गरेका छन ।

 

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन भएको महोत्सवमा शनिबार दर्शकहरुको उत्साहजनक सहभागिता रहेको र १ करोड बराबरको कारोबार भएको महोत्सवका प्रचार प्रसार संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ले जानकारी दिए ।

 

महोत्सवमा शनिबार कलाकारहरु पुरुषोत्तम न्यौपाने, शिव हमाल, चोलेन्द्र पौडेल, टेक क्षेत्री, अस्मिता डल्लाकोटी, रुपा घर्तिमगर, लक्ष्मी बाँनिया, हाँस्यव्यग्यतर्फ गुन्द्रुके समुहको प्रस्तुतीले दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो भने बेलुका लाईभ कन्सर्टमा समिक्षा अधिकारी, सञ्जिव सिंह राना र अलबिन थापाको प्रस्तुतीले स्टेज तताए।

 

यस्तै महोत्सवमा मातृशक्तिको सम्मानमा आयोजित रत्यौली प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रस्तुती लगायतका कार्यक्रमहरु पनि भएका छन ।

 

भोलि लोकदोहोरीतर्फ पशुपति शर्मा, कृष्ण अखेली, सुनितामी परियार, टेक क्षेत्री, सबिना गुरुङ, दिपक कार्की र अनिषा गुरुङको प्रस्तुती रहनेछ भने बेलुका लाईभ कन्सर्टमा दुर्गेश थापा, राजेश वर्देवा र यम नेपाली लगायतको प्रस्तुती रहनेछ ।

 

पुष १६ गते सम्म चल्ने महोत्सवका मुख्य आकर्षणहरुमा महोत्सवस्थलमा थ्रिडी आर्ट मार्फत कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्कने तस्बिर, एलईडि डिस्प्ले मार्फत स्टेजबाट प्रायोजकहरुको प्रवद्र्धन, भिड र सुरक्षालाई मध्यनजर गर्दै दर्शकहरुका लागि ई–सेवाबाट टिकट काट्न सकिने गरि व्यवस्था मिलाईएको छ ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्