मिस तामाङ पोखराको तालिम शुरु, विजेतालाई १ लाख

पाेखरा | पुस ७, २०८०

मिस तामाङ पोखराको तालिम शुरु, विजेतालाई १ लाख

पोखरा:   बैदाम तामाङ सेवा समाज पोखराको आयोजनामा हुने मिस तामाङ पोखराको तालिम शुरु भएको छ ।

 

४५ दिन लामो तालिमका लागि बिभिन्न क्षेत्रका विज्ञहरुले सहजीकरण गर्ने कार्यक्रम संयोजक नम्रता तामाङले जानकारी दिए । 

सहभागीहरुलाई दिइने तालिमको एक समारोहका विच बैदाम तामाङ सेवा समाज पोखराका अध्यक्ष  ज्याक तामाङ, नेपाल तामाङ घेदुङका केन्द्रिय उपाध्यक्ष दीपक वाइवा तामाङ, मिस तामाङ पोखरा २०२३ का विजेता रोश्मा तामाङले केक काटेर शुरुवात गरेका थिए । 

 

तालिमका दौरान सहभागीहरुले तामाङ भाषा, संस्कार, सभ्यता तथा रहनसहनका बारेमा जानकारी हासिल गर्ने आयोजक बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिए ।

 

तामाङ समुदायका नारीहरुको अन्तरनिहित प्रतिभा, बौद्धिक क्षमता तथा व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएका उहाँको भनाइ छ ।

 

बैदाम तामाङ सेवा समाज कास्कीले हरेक वर्ष ल्होसारको अवसरमा मिस  तामाङ पोखरा  तथा ल्होसार म्युजिकल फेष्टिभल गर्दै आएको छ । यस वर्ष समाजले मिस तामाङ पोखराको आठौं संस्करण आगामी माघ २० गते गर्दैछ । 

 

प्रतियोगितामा देशभरबाट १२ जना तामाङ समुदायका युवतीहरुको सहभागिता रहेको छ । सहभागीहरुमा मनिका लामा तामाङ, रिमाया तामाङ, दिक्षा लामा, सुनामी तामाङ, टिसिरिङ तामाङ, अर्पना तामाङ, रोशिला तामाङ, याङजी तामाङ, र बर्षा लामा तामाङ रहेका छन् ।

 

 मिस तामाङ पोखरा २०२४ की बिजेताले नगद १ लाख ताज, ट्रफी, प्रमाणपत्र  तथा आकर्षक गिफ्ट ह्यम्पर प्राप्त गर्नेछन् । फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ हजार प्राप्त गर्नेछ । त्यस्तै सेकेण्ड रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हात पार्नेछन् । भिवर्स च्वाइसका रुपमा एकजना प्रतिस्पर्धीलाई नगद २० हजार पुरस्कार  प्राप्त गर्ने समाजका अध्यक्ष ज्याक तामाङले बताए । 

 

तालिम शुभारम्भ कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रिय उपाध्यक्ष दीपक वाइवा तामाङ, जेसिसका पुर्व उपाध्यक्ष राजु केसी, नेपाल तामाङ घेदुङ कास्कीका अध्यक्ष भक्त तामाङ, नेपाल तामाङ घेदुङ पोखरा नगर अध्यक्ष रामबहादुर ब्लोन तामाङ, रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सन्जय मल्ल, नेपाल तामाङ महिला घेदुङका अध्यक्ष पवित्रा तामाङ, मिस तामाङ पोखरा २०२३ का विजेता रोश्मा तामाङ, जिना तामाङ, प्रशिक्षक पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेल लगायतले बोलेका थिए ।

 

बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा भएको कार्यक्रममा रजनी तामाङले कार्यक्रम सञ्चालन गरेका थिए  । 

मुस्ताङ:  मुस्ताङको लोघेकर दामोदरकुण्ड–४ याराबाट दामोदरकुण्ड हुँदै सरेबुङ पास क्षेत्रका लागि निस्किएका १४ जना पर्यटक तथा पदयात्री केहीबेर अघि जिल्ला प्रशासन कार्यालय मुस्ताङको सम्पर्कमा आएका छन् । ...

थप पढ्नुहोस्

मुस्ताङ:   मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका १४ जना पदयात्री तीन दिनदेखि सम्पर्कविहीन भएका छन् ।  यहाँको लोघेकर दामोदरकुण्ड–४ याराबाट दामोदरकुण्ड हुँदै सरिबुङ पास हुँ...

थप पढ्नुहोस्

काठमाडौं:   २०८२ भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानमा भएको क्षतिको मूल्याङ्कन गर्न तथा पुनःनिर्माण योजना तयार गर्नका लागि अध्ययन गर्न ...

थप पढ्नुहोस्