लेखनाथ महोत्सवमा सोमबार मात्रै ४० हजार दर्शकहरुद्धारा अवलोकन
पाेखरा | पुस १०, २०८०

पोखरा: ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ विहिबारबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवको पाँचौ दिन सोमबार मात्रै ४० हजार दर्शकहरुले अवलोकन गरेका छन ।
सोमबार क्रिसमस डे बिदाको दिन समेत परेकाले महोत्सवमा दर्शकहरुको संख्या वढेको र यसले कारोबारमा समेत वृद्धि भएको महोत्सवका प्रचार प्रसार संयोजक उपेन्द्रराज सुवेदी राजु ले जानकारी दिए । सोमबार मात्रै १ करोड भन्दा माथी कारोबार भएको सुबेदीले जानकारी दिए ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन भएको महोत्सवमा हालसम्म झण्डै ३ करोडको कारोबार भएको छ । पहिलो दिन १ करोड, दोश्रो दिन ३० लाख, तेश्रो दिन १ करोड र चौंथो दिन ६० लाख र पाँचौ दिन सोमबार १ करोड भन्दा माथी गरी हालसम्म झण्डै ४ करोड बराबरको कारोबार भएको महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।
सोमबार लोकदोहोरी कलाकारहरु सम्झना लामिछाने मगर, जिवन दाहाल, क्षत्र शाही, काजल जोशी, श्रीराम अधिकारी, माया गुरुङ, रामजी पौडेल, परशुराम अधिकारी र कमला गैरे लगायतले प्रस्तुती राखेका थिए भने बेलुका लाईभ कन्सर्टमा प्रकाश दुतराज, सन्तोष बस्याल र ऋतु कंडेल लगायतले स्टेज तताएका थिए ।
महोत्सवमा मंगलबार लोकदोहोरी कलाकारहरु प्रजापति पराजुली, राजु गुरुङ, आयुषा गौतम, राजन कार्की, शिवहरी ढुंगाना, अमर धिताल, पार्वती गुरुङ र मधु थापा मगर लगायतले प्रस्तुती राख्नेछन भने हाँस्यव्यग्यतर्फ पोखरेली माग्ने बुढा/धुर्मुस युवराज भण्डारी र राजेन्द्र नेपालीको प्रस्तुती रहनेछ । यस्तै बेलुका लाईभ कन्सर्टमा रचना रिमाल, टिका प्रसाई र एन एन एस व्यण्डले स्टेज प्रस्तुती दिने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।
यस्तै महोत्सवमा मातृशक्तिको सम्मानमा आयोजित रत्यौली प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रस्तुती लगायतका कार्यक्रमहरु पनि भएका छन । पुष १६ गते सम्म चल्ने महोत्सवका मुख्य आकर्षणहरुमा महोत्सवस्थलमा थ्रिडी आर्ट मार्फत कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर झल्कने तस्बिर, एलईडि डिस्प्ले मार्फत स्टेजबाट प्रायोजकहरुको प्रवद्र्धन, भिड र सुरक्षालाई मध्यनजर गर्दै दर्शकहरुका लागि ई–सेवाबाट टिकट काट्न सकिने गरि व्यवस्था मिलाईएको छ ।
साथै राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरु रहेका छन् भने जातजातिहरुको सांस्कृतिक जर्गेना कार्यक्रम लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरु रहनेछन ।
काठमाडौं: वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८०’ कार्यान्वयन नगर्ने जानकारी गराएको छ। मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै विभागले कार्यविधि ...
चितवन: नारायणगढ–मुग्लिन सडकखण्डमा बसमा ढुङ्गा खसेर लाग्दा एक जना यात्रुको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार तनहुँबाट नारायणगढतर्फ...
काठमाडौं: जेनजीबाट भएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानमा बुधबार (आज) सरकारले शोक मनाउँदै छ । मृतकको सम्मानस्वरूप बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियो...