क्वेर समुदायद्वारा नागरिकता विषयक जनप्रतिनिधि र सरोकारवालासँग प्रदेशस्तरीय नीतिगत संवाद

पाेखरा | पुस १३, २०८०

क्वेर समुदायद्वारा नागरिकता विषयक जनप्रतिनिधि र सरोकारवालासँग प्रदेशस्तरीय नीतिगत संवाद

पोखरा:   यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय (क्वेर समुदाय)ले नागरिकता मुद्दा विषयमा जनप्रतिनिधि र सरोकारवाला निकायसँग गण्डकी प्रदेश स्तरिय नीतिगत संवाद तथा अन्तरक्रिया गरेको छ । 


निल हिरा समाजको आयोजना र युएनडिपी अन्तरगतको द स्केल इनिसिएटिभ ९त्जभ क्अबभि क्ष्लष्तष्बतष्खभ, ग्ल्म्ए० को सहयोगमा आज (शुक्रबार) पोखरामा सरोकारवालाहरुसँग नागरिकता विषयमा संवाद तथा अन्तरक्रिया गरेको हो ।


कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक अभियानकर्मी भुमिका श्रेष्ठले लैङ्गिक पहिचान, समुदायको परिभाषा, समाजको बुझाईलगाएतको विषयमा प्रस्तुती राखेकी थिइन् । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्ति पनि अरु नागरिक सरह स्वतन्त्ररुपमा जीवनयापन गर्न पाउने अधिकारलाई साथ दिन उनले आग्रह गरिन् । समाजमा नकारात्मक बुझाईका कारण समुदायका धेरै व्यक्तिले दुःख पाउनु परेको श्रेष्ठको भनाई थियो । पछिल्लो समय समाजले समुदायलाई हेर्ने नजरमा केही सकारात्मक परिवर्तन आएको बताउँदै राज्यस्तरबाटै उचित नीति नियम आवश्यक रहेको उनको भनाई थियो ।


त्यस्तै निल हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले नागरिकता तथा पहिचानको मुद्दा विषयमा प्रस्तुती राखेकी थिइन् । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिले नागरिकता प्राप्ती गर्न निकै झन्झटीलो प्रावधान रहेको उनले बताइन् । साथै लैङ्गिक पहिचान सहितको नागरिकता दिनुपर्ने जिम्मेवारीबाट राज्य टाढिन खोजेको उनको भनाई थियो । नागरिकता प्राप्तीमा असहजता, राज्यको संरचनामा समुदायको समान प्रतिनिधित्व, समान रोजगारीको व्यवस्था लगाएतको विषयमा राज्य जिम्मेवार हुनुपर्ने उनले प्रस्तुतीमार्फत राखेकी थिइन् ।


अन्तरक्रियामा जनप्रतिनिधि र सरोकारवाला निकायले समुदायको विषयमा संवेदनशिल रहेको र समुदायको हक अधिकारका लागि हातेमालो गर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।


अन्तरक्रियामा भक्ति शाह र सुदिप गौतमले क्वेर समुदायकै व्यक्ति भएका कारण समाजमा आफुले भोग्नुपरेको समस्याका बारेमा अनुभव सुनाएका थिए ।

काठमाडौँ:  हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ ।   गण्डकी प्रदे...

थप पढ्नुहोस्

प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गरेकी छन् ।   भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सर...

थप पढ्नुहोस्

दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्का...

थप पढ्नुहोस्