बाह्रौ पोखरा महोत्सवमा विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता हुने

पाेखरा | पुस १३, २०८०

बाह्रौ पोखरा महोत्सवमा विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता हुने

पोखरा:  रवि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजन रहेको बाह्रौं पोखरा महोत्सवमा विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता हुने भएको छ । यूनाइटेड क्लवको आयोजनामा आगामी पुषको २६ देखी माघको ८ गते सम्म आयोजना हुने बाह्रौं संस्करणको पोखरा महोत्सवमा विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता हुने भएको हो ।


लोक संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नका लागि यूनाइटेड क्लबले महोत्सवको अवसर पारी विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको आयोजना गर्न लागेको महोत्सवका सांस्कृतिक ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । संयोजक तिमिल्सिनाका अनुसार विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा प्रथम हुनेलाई नगद ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र, द्धितिय हुनेलाई नगद ३५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र, तृतिय हुनेलाई नगद २५ हजार र शान्तवना स्थान हासिल गर्नेलाई नगद १५ हजार प्रदान गरिने छ । लोकनृत्य प्रतियोगिताका लागि गण्डकी प्रज्ञा प्रतिष्ठानको विशेष सहयोग रहने छ ।


बाह्रौं पोखरा महोत्सवको प्रायोजकमा हिमश्री फुड्स प्रा.लि.को उत्कृष्ट उत्पादन रारा तैयारी चाउचाउ र भिजन लिंक एजुकेशन कन्सल्टेन्सी, टिकट प्रायोजक सिटीजन फर्निचर एण्ड ट्रेडलिंक प्रालि, प्रवेश पास प्रायोजक सिद्धि अटोपार्टस एण्ड मोटरसाइकल वर्कसप, वान डे पास प्रायोजकमा योकोहामा जापानिज ल्याङ्ग्वेज एण्ड ट्रनिङ कन्सल्टेन्सी प्रालि, अफिसियल ड्रिङकिङ वाटरमा सोल्टी प्रोसेस पानी, हस्पिटालिटी पार्टनरमा होटल टास्क इन्टरनेश्नल अमरसिंह चोक, इन्स्योरेन्स पार्टनरमा आइ.जी.आइ प्रुडेन्सियल इन्स्योरेन्स, बैंकिङ पार्टनरमा ग्रीन डेभलपमेन्ट बैंक र महोत्सवको विशेष सहयोगी संस्थामा पोखरा महानगरपालिका सहयोगी संस्थामा अमरसिंह मावि, गण्डकी प्रज्ञा प्रतिष्ठान, प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड, महोत्सवको अफिसियल मिडियामा एबिसी न्युज टेलिभिजन, फेवा टेलिभिजन, एभरेष्ट एफ एम ९३ मेघाहर्ज, आदर्श समाज राष्ट्रिय दैनिक र कोरलाखवर डटकम रहेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । 

काठमाडौँ:  हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ ।   गण्डकी प्रदे...

थप पढ्नुहोस्

प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गरेकी छन् ।   भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सर...

थप पढ्नुहोस्

दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्का...

थप पढ्नुहोस्