एकताको सन्देश दिन ल्होसार पर्व (तस्बिरहरु)
पाेखरा | पुस १५, २०८०
पोखरा: पोखराका गुरुङ (तमु) समुदायले पुरानो वर्षलाई बिदाई गर्दैै नयाँ वर्षलाई स्वागत गर्दैै ल्होसार पर्व मनाएका छन् ।
गुरुङ (तमु) समुदायहरुले पुस १५ लाई तमु ल्होसारको रुपमा मनाउँदै आएका छन् ।
आजबाट विरालो वर्गको विदाई र गिद्ध वर्गको स्वागत गर्दै ल्होसार पर्व मनाएका हुन् । ल्होसार पर्वको अवसरमा आज सरकारले सार्वजनिक विदा समेत दिएको छ ।

गुरुङहरुको कुल १२ ‘ल्हो’ वर्गहरुमध्ये गिद्ध (मुप्रिल्हो), सर्प (सप्रिल्हो),घोडा (तल्हो), भेँडा (मुल्हो), बाँदर (प्रह्ल्हो), चरा(च्यल्हो), कुकुर (खिल्हो), मृग (फोल्हो),मुसा (च्यूल्हो), गाई (लोल्हो), बाघ (तोल्हो), बिरालो (ह्यूल्हो) वर्ग छन् । गुरुङ (तमु) क्यालेन्डर अनुसार प्रत्येक वर्षको पुस १५ मा वर्ग परिवर्तन हुन्छ ।
आजदेखि बिरालो वर्गको विदाई भयो भने,, गिद्ध वर्गको सुरुवात भएको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।
तमु धिं नेपालका अध्यक्ष हुम बहादुर गुरुङले एकताको सन्देश दिने गरी ल्होसार पर्व मनाउन लागेको बताए ।
‘हामीले पुस १५ लाई ल्होसार पर्वको रुपमा भब्यताका साथ मनाउँदै आएका छौं, यसवर्ष पनि ल्होसार पर्व मनाउँदै छौ’, अध्यक्ष गुरुङले भने, ‘मानव सभ्यताको विकाससँगै तमुहरुको सांस्कृतिक विकाससँगै ल्होसार पर्व मनाउँदै आएका हौ ।’

उनले ल्होसार पर्वको अवसरमा रानीपौवाबाट झाँकी ¥यालीसहित तमु धिं नेपालको प्राङ्गणमा गएर औपचारिक कार्यक्रमसँगै परम्परागत खेलकुद लगायतका कार्यक्रममा जोडिने बताए ।
सुरेन्द्र गुरुङले सम्पूर्ण गुरुङ जातिहरुलाई एकतामा बाध्न ल्होसार पर्व मनाउन थालेको बताए । उनले ल्होसार/ल्होछार जे भनेपनि एकाताको सन्देशसहित नयाँ वर्षको सुरुवात भएको उल्लेख गरे ।
तस्बिरहरु:









काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइको काम भइरहेक...
लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरुका लागि आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम आईतबार सम्पन्न गरेको छ । तालिमको शुभारम्भ गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले तालिममार्...
पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा मंगलबारदेखि प्रिक्वाटरफाइनलका खेल हुने भएको छ । बुद्धटोल युवा क्लबको आय...

