गण्डकी प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा शान्ति निकेतनकी अदिती प्रथम

पाेखरा | पुस २०, २०८०

गण्डकी प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा शान्ति निकेतनकी अदिती प्रथम

पोखरा:    कास्की नेत्रहिन संघले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा शान्ति निकेतन मावि, पोखराकी अदिती पराजुली प्रथम भएकी छिन् ।


२१६ औं विश्व ब्रेल दिवस–२०८० को अवसरमा अपाङ्गता भएका बालबालिकाको शिक्षामा सरोकारवालाको भूमिका विषयमा प्रतियोगिता भएको हो । पोखराको वगरमा बिहिबार आयोजित खुल्ला प्रतियोगितामा अमरसिं मावि पोखराकी लिनीमा रेग्मी द्धितीय, बेनी सामुदायिक मावि, बेनीका अभिषेक पौडेल तृतीय र जलकुमारी मावि गोरखाका राजेन्द्र वि.क. सान्त्वना हुन सफल भए । प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुन सफल प्रतियोगिले क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैया र प्रमाणपत्र पाए ।  


कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकीका सचिव प्रकाश पौडेल, कास्की नेत्रहिन संघका अध्यक्ष श्रीकान्त सापकोटा लगायतले नगद र प्रमाणपत्र प्रदान गरे । सो अवसरमा बोल्दै मन्त्रालयका सचिव पौडेलले अपाङ्गता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण शुरुमा घर  परिवारबाटै सकरात्मक हुनुपर्नेमा जोड दिए । उनले सरकारले  सरोकारवालासँग नियमति छलफल गरिएको जानकारी दिए ।  कास्की नेत्रहिन संघका अध्यक्ष सापकोटाले आगामी वर्ष  प्रदेश सरकारकै पहलमा दिवस मनाउने वातावरण तयार गर्नुपर्नेमा जोड दिए । उनले कास्की नेत्रहिन संघको भवनमा रहने गरि प्रदेश स्तरीय ब्रेल प्रेस स्थापना गर्न माग गरे ।


संघका अध्यक्ष सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महिला उपाध्यक्ष सुनिता ज्ञवाली, कार्यक्रम संयोजक प्रमोद दाहाल लगायतले बोलेका थिए । प्रतियोगितामा गण्डकीका विभिन्न जिल्लाका मावि तहका १३ विद्यालयका २३ प्रतियोगिले भाग लिएका थिए । प्रतियोगिताको निर्णायकहरुमा पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापकहरु अर्जुन सुवेदी, सकुन्तला पंगेनी,  राष्ट्रिय अपाङ्ग महासंघ गण्डकीका अध्यक्ष खोमराज शर्मा थिए । नेपाल दृष्टिविहिन कल्याण संघ र नेपाल नेत्रहिन संघको स्थापनापछि नेपालमा ब्रेल दिवस मनाउन थालिएको हो ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्