गण्डकीलाई हराउँदै एपिएफ फाइनलमा

सुर्खेत | पुस २५, २०८०

गण्डकीलाई हराउँदै एपिएफ फाइनलमा तस्वीर: फाइल

सुर्खेत:   कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा एपिएफ क्लब फाइनलमा पुगेको छ ।


वीरेन्द्रनगरस्थित खुलामञ्चको कोर्टमा बुधबार भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३–० ले हराँउदै एपिएफ उपाधि रक्षाको नजिक पुगेको हो । एपिएफले गण्डकीलाई २५–२३,२५–२० र २५–१५ ले पराजित गरेको थियो।


अपराजित एपिएफ समूह ‘ए’ को विजेताका रुपमा सेमिफाइनल पुगेको थियो। त्रिभुवन आर्मी क्लब विजेता रहेको समूह ‘बी’ बाट उपविजेताका रुपमा गण्डकी अन्तिम ४ मा पुगेको थियो।


समूह ए बाट दोस्रो हुँदै अर्को विभागिय टोली नेपाल पुलिस क्लब सेमिफाइनल पुगेको थियो। आजै आर्मी र पुलिसबीच दोस्रो सेमिफाइनल हुनेछ।


नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल बिहीबार हुनेछ ।


गत वर्ष गण्डकीमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ३३ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा आर्मीलाई हराउँदै एपिएफले उपाधि जितेको थियो।

पोखरा:   एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...

थप पढ्नुहोस्

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...

थप पढ्नुहोस्

पोखरा:   गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

थप पढ्नुहोस्